कम्बाेडिया पुगेर ओलीले भेटे श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिलाई

कम्बाेडिया पुगेर ओलीले भेटे श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिलाई

काठमाडाैँ ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि त्यहाँ पुगेका अध्यक्ष ओलीले हिजो उनीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेको ओलीको सचिवालयले जनाएको छ । श्रीलङ्काका पूर्वराष्ट्रपति सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन पनि निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया पुगेका हुन् ।

यसअघि निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका  पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीसँग पनि ओलीले भेटवार्ता गरेका थिए । उनले आज कम्बोडियामा भएको निर्वाचनमा तीनवटा मतदान केन्द्रमा पुगेर पर्यवेक्षण गरेका छन् ।

यही साउन २ गते निर्वाचनको पर्यवेक्षकका लागि कम्बोडिया गएका  ओली आज स्वदेश फर्कने कार्यक्रम छ । उनकी पत्नी राधिका शाक्य र एमाले उपमहासचिव विष्णु रिमाल साथमा छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *