कांग्रेस बैठक : देउवाको शक्ति प्रदर्शन कि इतरको बदख्वाँइ ?

कांग्रेस बैठक : देउवाको शक्ति प्रदर्शन कि इतरको बदख्वाँइ ?

  • सुजन चालिसे

काठमाडाैँ । एक वर्षपछि बसेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक, बैठकजस्तो कम र सभापति शेरबहादुर देउवाको शक्ती प्रदर्शनजस्तो बढि देखियो । समसामयीक राजनीतिको विषयदेखि संसद र सरकारमा कांग्रेसको भूमिकासम्मलाई एजेण्डा बनाईएपनि छलफल भने गुटगत पक्षधरताका आधारमा आरोप प्रत्यारोपमै सीमित रह्यो । सर्वसाधारणका मुद्दा, राष्ट्रियता र अन्तर्राष्ट्रिय विषयवस्तुमा कांग्रेस बैठक प्रवेश नै गर्न सकेन ।

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरुले बोल्ने क्रम सकिने क्रममा छ । केन्द्रीय सदस्यहरुले बैठकमा राखेको धारणा र प्रश्नहरुको सोमबार कांग्रेस पदाधिकारीले जवाफ दिएका छन् । केन्द्रीय समितिमा प्रस्तुत भएका विभिन्न १० एजेण्डामा कांग्रेसले ६ दिन छलफल गर्यो । यो ६ दिनको छलफलमा कांग्रेस गुटगत भागबण्डामा विजयी भएपनि एजेण्डामा केन्दीत बहसमा भने पराजित भयो । केन्द्रीय सदस्यदेखि पदाधिकारी सबैले बोल्ने क्रममा गुटगत तुष छताछुल्ल हुन पुगेको छ । कांग्रेसलाई पुनर्जागरण गर्ने विषय एजेण्डामा मात्र सीमित रह्यो ।

कांग्रेस केन्द्रीय समिति बैठकका लागि तय भएका १० एजेण्डाको पहिलो नम्बरमै समसामयीक राजनीतिमा छलफल गर्ने भन्ने थियो, त्यसभित्र सुशासनको पाटो पनि थियो । यसैलाई टेकेर नेता बालकृष्ण खाँडलाई पार्टीबाट कारबाही गर्न बाध्य पार्ने रणनीतिमा संस्थापन इतर पक्ष रहेको थियो । तर बैठकमा अधिकांशले खाँडको बचाउ गरे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अपराधको जालो बिच्छ्याइएको नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतबाट दोषी ठहर भएका खाँडको पक्षमा कांग्रेस संस्थागत रुपमै उभिएको प्रष्ट देखियो ।

नेपाली कांग्रेस अहिले सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको छ । सरकारमा कांग्रेसले स्वास्थ्य तथा जनसंख्या, कानुन न्याय तथा संसदीय मामिला, अर्थ लगाएत महत्वपुर्ण मन्त्रालय पाएको छ । तर आमतहमा देखिएका समस्या, स्थानीय तथा राष्ट्रिय सरोकारका मुद्दाहरुले बैठकमा प्रवेश नै पाएनन् । बैठकका एजेण्डामा संसद र सरकारमा कांग्रेसको भूमिका र उपस्थितीको विषय राखिएपनि केन्द्रीय सदस्यहरुले यसमा गहन छलफल गर्नै चाहेनन् ।

सरकारमा नेतृत्वदायी भूमिकामा रहेको कांग्रेसले एक वर्षपछि बसेको बैठकमा पार्टी जीवनमात्र नभई सर्वसाधारणको मुद्दामा पनि विषय उठान गर्ने आंकलन थियो । तर सर्वसाधारणको विषय त परको कुरा, पार्टी संचालनका लागि पनि खुलेर बहस समेत हुन सकेन ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *