एरोनको सांगीतिक सुस्तरी

एरोनको सांगीतिक सुस्तरी

कीर्तिुरका १४ वर्षीय गायक एरोन महर्जनको गीत सुस्तरीको भिडियो हालै सार्वजनिक गरिएको छ।

विभिन्न अवार्ड विजेता बालगायक एरोनको म्युजिक भिडियो बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारीमन्त्री पुकार महर्जनद्वारा सार्वजनिक गरिएको हो। कार्यक्रमलगत्तै भिडियो एरोन महर्जनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो। किशोर उमेरका केटाकेटीको माया प्रेमको कथावस्तुमा बनेको म्युजिक भिडियोमा कन्सेप्ट गायक एरोनकै आमा राज्यलक्ष्मी महर्जनको रहेको छ। भिडियोमा गायक एरोनको साथमा लूमिला जोशीले अभिनय गरेकी छन्। लुमिला गायक स्व. द्वारिकालाल जोशीकी नातिनी र गायिका लसता जोशीकी पुत्री हुन् भने उनी आफैं गायिका पनि हुन्। गीतमा शब्द र संगीत भुवन महर्जनको छ भने भिडियो कोरियोग्राफी अनु महर्जन, छायांकन दिनेश महर्जन तथा सम्पादन, रंग समिश्रण र निर्देशन यौवन शाक्यको रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री महर्जनले सुस्तरीको म्युजिक भिडियोको प्रशंसा गर्दै यस्ता भिडियोमा देशको कला संस्कृति र सांस्कृतिक पक्षलाई कथा वस्तुमा उनेर बनाउनुपर्ने राय व्यक्त गरे। उनले यस्ता म्युजिक भिडियो र फिल्मलाई सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए। पत्रकार विजयरत्न अंशबरेले योबन शाक्यमा अकुट शिल्पकारिताको भण्डार भएको र त्यसको सदुपयोग म्युजिक भिडियो तथा फिल्म क्षेत्रमा नभएको चर्चा गरे। गायक महर्जनको यसअघि नेपाल भाषाको गीत यःमां प्रकाशमा आइसकेको छ भने यसै गीतबाट उनले पेज थ्री नेपालभाषा पिपुल्स च्वाइस अवार्ड र नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड जितेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *