अमिशाविरुद्ध ठगीको मुद्दा

अमिशाविरुद्ध ठगीको मुद्दा

बलिउड अभिनेत्री अमिशा पटेल केही समययता आफूमाथि लागेको ठगी तथा चेक बाउन्सको अभियोगमा अदालत धाइरहेकी छन्।

उनले फिल्म देशी म्याजिक निर्माण गर्ने भन्दै फिल्मको नाममा अजय सिंह नामक व्यक्तिसँग डेढ करोड रुपियाँ ठगी गरेको अभियोग लागेको दैनिक भाष्करले जनाएको छ। अदालतका अनुसार सिंहले आफ्नो र अमिशाको सहमतिअनुसार फिल्म बनेर सन् २०१८ मै रिलिज हुनुपर्नेमा नभएको भन्दै आफूले रकम फिर्ता माग्दा लामो समयसम्म आलटाल गर्दैै अमिशाले दिएको चेक बाउन्स भएपछि उनले राँची सिभिल कोर्टमा उनीविरुद्ध मुद्दा हालेका थिए।

बुधबार अदालतले उनलाई चेक बाउन्सको मुद्दामा पाँच सय भारतीय रुपियाँ जरिवाना तोकेको छ भने यस मामलामा आगामी अगस्टमा फैसला हुने जनाएको छ। अभियोग लगाउने व्यक्ति अजय सिंहको तर्फबाट उनका म्यानेजर गवाह सिंह अदालतमा हाजिर हुँदा अमिशा भने आफ्नो वकिलका साथ अनुहार छोपेर अदालत पुगेकी थिइन्। यस मामलामा यसअघि पनि अमिशा दुईपटक अदालत धाइसकेकी छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *