रसुवाका सडकमा बल्ल आँखा खुल्यो

रसुवाका सडकमा बल्ल आँखा खुल्यो

रसुवा । कोही कसैले छोराछोरी पढाइदिन्छु, काम लगाइदिन्छु भने बुझेर मात्र अघि बढ्नुपर्ने चेतना जगाउँदै सडक नाटक प्रस्तुत गरिएको छ।
नचिनेको मान्छे वा चिनेकोभरमा पनि विश्वास नगरी तथा विदेशीले विदेश लैजान्छु भनेर आए अभिभावकले ऊबारे बन्नुपर्छ भन्दै सदरमुकाम धुन्चे बजार, हाइल्यान्ड मावि, नमुना एभरग्रिन बोर्डिङलगायत स्याफ्रुबेंसी टिमुरेमा ए बा बल्ल आँखा खुल्यो शीर्षकको चेतनामूलक सडक नाटक मञ्चन गरिएको हो।

इनफ्याक्ट लकजम्बरको सहयोग तथा स्तुति क्रियसन प्रालिको आयोजनामा मञ्चित नाटकले बालगृह र अनाथालयमा बच्चाको ओसारपसार, यौन शोषणजस्ता अनियमित कार्यबारे सचेत बनाउने कोशिष गरेको छ। यस बारेमा अभिभावकले विचार गर्नुपर्ने र आफ्नो बच्चा अरुलाई नदिन तथा अनाथ आश्रम नपठाउन आग्रह गर्दै सडक नाटक प्रस्तुत गरिएको नाटककी निर्देशक निरु खड्काले जानकारी गराइन्।

नाटक सुर्खेत, गोरखा, घादिङ, रसुवाका विभिन्न स्थानमा मञ्चन गरिसकिएको र काठमाडौंमा पनि मञ्चन गरिने भएको छ। यस्ता खालको चेतनामूलक नाटक गाउँ गाउँमा पुगेर मञ्चन गर्न पाए चेतनावृद्वि हुने विश्वास लिइएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए। यस्ता नाटकले स्कुलस्तरमै बालबालिकाको चेतना वृद्धि भई नजानी नबुझी कसैको लहलहैमा जान नहुने रहेछ भन्ने सन्देश

प्रवाह हुने हाइल्यान्ड माविका प्रधानाध्यापक निवेश श्रेष्ठले बताए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *