कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

कोशी प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान

काठमाडौँ । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन् ।

यसअघि एमाले नेतृत्वको सरकार ढालिएपछि गठबन्धनको आडमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्री गत असार २१ गते मुख्यमन्त्री बनेका थिए । तर सभामुखको समेत समर्थनमा उनी मुख्यमन्त्री बनेकाले सर्वोच्च अदालतद्वारा उक्त नियुक्ति बदर गरेपछि नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न भनिएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख खापुङ्गले यही साउन १६ गते मंगलबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गरिसक्न आह्वान गरेका छन् ।

एमालेका पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिटमाथि बिहीबार फैसला गर्दै सर्वोच्च अदालतले उद्धव थापाको नियुक्ति बदर र नयाँ मुख्यमन्त्री नियुक्तिका लागि १ साताको समय दिँदै फैसला सुनाएको थियो । सोही बमोजिम आज प्रदेश प्रमुख खापुङ्गले उक्त आह्वान गरेका हुन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *