
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली अनेक टिप्पणीका कारण सधैं चर्चामा रहन्छन् । आफ्नो प्रतिष्पर्धि होस वा सामाजिक सञ्जालमा आएका विषय नै किन नहुन, उनी टिप्पणी गरिहाल्छन् ।
ओलीले पछिल्लो समय आरोप मात्रै लगाइरहेका छैनन, राजनीतिमा के हुन्न भन्दै राज परिवार हत्याकाण्डबारे अर्को विवादास्पद अभिव्यक्ति दिएका छन् ।
एमालेमा तत्कालीन समयमा पार्टी सत्ताले उनलाई कहिल्यै नेतृत्वमा आउन दिएन् । माधव नेपाल– झलनाथ खनालहरुले पार्टी नेतृत्व गर्दादेखि नै पार्टी नेतृत्व लिने चाहना राख्ने ओलीलाई उनीहरुले एकपछि अर्को गर्दै नेतृत्व दिनै मानेनन् ।
त्यसपछि विद्रोही मानसिकता राखेर विरोधका स्वरहरुलाई बलियो बनाउदै आफ्नो गुट निर्माणमा लागेका ओली एमाले नेतृत्व प्राप्त गर्न सफल भए ।
हदैसम्मको टिप्पणी गर्न पछि नपर्ने ओलीले चमत्कारिक रुपमा माओवादी केन्द्रसँग एकता गरे । तर, एकता लामो समय टिक्न नसकेपछि कडा रुपमा प्रस्तुत हुँदै आएका ओलीले पूर्वसहकर्मी समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’माथि शक्रबार पुनः खरो टिप्पणी गरे ।
जनसंगठन संमन्वय संयन्त्रको बैठकमा ओली प्रचण्डमाथि मात्रै नभई कांग्रेस लगायत सबै शक्तिमाथि प्रहार गरे ।
राजनीतिक रुपमा ओलीले आफ्ना विरोधीलाई प्रहार गर्नु वा कटाक्ष गर्नु सामान्य भएपनि उनी बेप्रर्वाह राज दरबार हत्या काण्डमा प्रवेश गरे ।
राजनीतिमा के हुन सक्दैन भन्दै ओलीले राजा विरेन्द्रको हत्या आफ्नैले गरेको भन्दै ज्ञानेन्द्र शाहप्रति इंगित गरिदिए ।
आफ्नाले आफ्नैलाई हत्या गरेको तर आरोप भने छोरामाथि लगाएको उनको दाबी छ ।
ओली देशको प्रधानमन्त्री भइसकेका व्यक्ति हुन्् । उनले दरबार हत्याकाण्ड को आफन्तबाट भयो भन्ने विषयमा अनुसन्धान किन अघि बढाएनन् त ?
बहु चर्चित दरबार हत्या काण्डमा को संलग्न थियो भन्ने विषयमा उनले सरकारको नेतृत्व गरेको बेला किन खोजबिन गरिएन ? यस्ता तमाम प्रश्नहरु अब ओलीमाथि नै तेर्सिन पुगेको छ ।
अझं, मदन भण्डारीको रहस्यमय मृत्युको विषयमाथि समेत अनुसन्धान गरेर दोषी पत्ता लगाउन पहल नगरेको आरोप लागि रहेका बेला दरबार हत्या काण्डबारे ओलीले किन र कुन अवस्थामा यस्तो बोले ? यो चासो र चर्चाको विषय बन्न पुगेको छ ।
एमालेमा विरोध र विद्रोह गर्दै नेतृत्व लिएका ओली सधैं यहि मनोदशा किन राख्छन ? आफ्नाबारे आएका सामान्य विषयमा पनि किन टिप्पणीमा आफै उत्रिन्छन ? यस्ता सवालहरु जनस्तरबाट उठिरहेका हुन्छन् ।
सबै तह र तप्काका मानिससँग छिट्टै घुलमिल हुन सक्ने ओली आफ्नै बोलिका कारण भने बेलाबेलामा समस्यामा पर्ने गरेका छन् ।
राज परिवार हत्याको विषयमा ज्ञानेन्द्रमाथि ओलीले तेर्स्याएको शंकाको सुईले भने कस्तो नतिजा देला ? यो हेर्न बाँकी नै छ ।