अहिले रास्वपामा प्रवेश गर्दैमा अर्को चुनावमा उम्मेदवार बनिहाल्छु भनी नसोच्नू : रवि लामिछाने

अहिले रास्वपामा प्रवेश गर्दैमा अर्को चुनावमा उम्मेदवार बनिहाल्छु भनी नसोच्नू : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार नै बन्नु नरहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लाे  समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारेका छन् । उनले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको र कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको जिकिर गरे ।

उनले मिसन ०८४ सही नेतृत्व छान्न सकेको खण्डमा मात्रै सफल हुने भन्दै देशमा राम्रा नारा सबैले लगाउने तर नारा राम्रो भएर मात्रै नहुने र पारा राम्रो हुनुपर्ने बताए ।

‘म सबैलाई यसै मञ्चबाट देशभरकै रास्वपा समर्थक, रास्वपा प्रेमी र रास्वपामा आबद्ध सबैलाई भन्न चाहन्छु, रास्वपामा सहभागी हुनु भनेको तपाई उम्मेदवार हुनुभएको होइन । उम्मेदवारको छनोट भएको छैन, कोही पनि अहिले उम्मेदवार होइन, यो कुरा स्पष्ट हुन जरुरी छ,’ उनले भने, ‘साथीहरु मै उम्मेदवार हुँ, म मेयरको, वडाध्यक्षको भन्ने सुनेको छु, त्यसका लागि जोडिनुभएको हो भने कति लामो यो यात्रा हुन्छ थाहा छैन, किनभने यो पार्टी साधारण परिस्थितिमा बनेको पार्टी होइन, कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन । नेपाली जनताले खोजेको नेतृत्व खोज्नका लागि हो, मिसन ०८४ भनेको सही नेतृत्व छान्न सकियो भने मात्रै सम्भव हुने हो, नारा त यो देशमा सबैले लगाउँछन्, नारा ठिक भएर भएन पारा ठिक हुनुपर्छ । पारा ठिक हुनका लागि हामीसँग राम्रा मान्छे जोडिनुपर्छ । यो दौड होइन, जो दौडेर पदमा पहिला बस्यो उसैले उम्मेदवारी पाइहाल्यो । रास्वपा अन्य पार्टीको हुलमा पार्टी नपुगेर जन्मिएको पार्टी होइन ।’

सभापति लामिछानेले नराम्रो काम गर्ने पार्टीका नेताहरुलाई तत्काल कारबाही गर्ने पनि स्पष्ट पारे । उनले रास्वपा मिसन २०८४ को अभियानमा रहेको दाबी गरे ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *