
निरहु यादव, कृष्णनगर – जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्धी उपेन्द्र यादवले मधेस जनबिद्रोहले आरक्षण मिलेको र शासन ब्यवस्था फेरिएको हो तर चाहिएको पुर्ण उपलब्धि हुन नसकेको बताएका छन । केन्द्रमा सिमित राखिएको शक्तिलाई बिकेन्द्रीकरण गरि संघीयता ल्याउनु मधेस बिद्रोहको उपलब्धि बताए । कम्युनिस्टहारु अरुले कमाएको खाने हुन ,काग्रेस, कम्युनिष्टबाट देश विकास हुन नसक्ने बताउनु भएको छ ।
काग्रेस, कम्युनिष्टबाट देश झन समस्यामा जेलिएकोले अबको विकल्प जसपा नेपाल रहेको केन्द्रिय अध्यक्ष यादवले बताउनुभयो । काग्रेस, कम्युनिष्टले देशलाई अनिर्यणको बन्दी बनाउने काम गरेको आरोप लगाउनु भयो ।
कपिलवस्तुको कृष्णनगरमा आयोजित बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा कृष्णनगरका प्रभावशाली नेता श्याम कुमार मिश्रालाई पार्टी प्रवेश गराउदै अबको निर्वाचनमा कार्यकर्तालाई होमिन आग्रह समेत गर्नुभयो ।