कमलेश चन्द्र गुप्ता- कपिलबस्तु , साउन १३
जिल्लाको विभिन्नभागमा मोहर्म पर्ब धुमधामका साथ मनाइएको छ । मुस्लिम समुदायको पर्व रहेको मुहर्रम हिन्दुहरूले पनि मनाई रहेका छन।
तराई मधेसममा लोकप्रिय बनेको मुर्हरम पर्व मुस्लिम र हिन्दु दुबै समुदायले मनाउन थालेपछि यस पर्वलाइ साझ पर्बको रुपमा हेरिएको छ । तराई मुलका हिन्दु , थारु समुदायमा समेत यो पर्व मनाउने गर्द अहिले कपिलबस्तु जिल्लाको विशेष गरि दक्षिणी भेगमा यस पर्बको रौनक बढेको छ ।
तराईका हिन्दु र मुस्लिम दुबै समुदायले एकैसथा यो पर्ब मनाउने गर्दछन् ।यस पर्बमा भाकल गरी घरमा स्थापना गरिएको तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संबृद्धि तथा मनोईच्छा पुरा हुने गरेको भक्तजनहरु बताउछन् ।
यो पर्व श्रद्धा पूर्वक मनाउनाले परिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक बिश्वास रहेको छ। जिल्लाको कृष्णनगर , महराजगंजमा , कपिलवस्तु लगायत पालिकामा समेत यस पर्बको रौनक हेर्न पाइएको छ। राति स्थपना गरिएको तहजियालाई पूजा अर्चना गरी जिल्लाको कृष्णनगरको करमा, श्रीनगर, आजिगरा, बिसुनपुर, भौराहवा, नारयणडिहवा र महारगंजको कुशहवा, सतभराका तहजियालाई कुशहवा स्वस्थ्य चौकीको करीब १०० मि. पश्चिम रहेको कर्बला बजगजाका साथ बिसर्जन गरेको छन।
केही बर्ष अघि सम्म मुस्लिम समुदायले मात्र मनाउने यो पर्व मनाउने हिन्दुहरुको संख्या बढदै गएको छ । यसले धार्मिक सदभाव समेत कायम राख्ने दुबै धर्मगुरुहरु बताउछन ।
देशमै मुस्लिमहरुको दास्रो ठुलो बाहुल्यता रहेको जिल्लामा दुबै समुदायले सामुहकिरुपमा यो पर्व मनाएकोले एकआपसमा भाईचारा कायम गरेको छ । आफ्ना धार्मिक गुरु हजरते इमामे हुसैनको सम्झना स्वरुप मनाइने उक्त चाडमा उनको प्रतिक स्वरुप तहाजियाको पुजा गरिने प्रचलन रहेको छ ।
ईस्लामिक नयाँ बर्ष हिजरी संबत् शुरु भए पछि यो एक देखि १० तारेख सम्म मनाइने गरिन्छ घरमा पुजापाठ गरी राखिएको तहाजियालाई मुर्हरमका दिन करबलामा लगेर सेलाईने चलन छ । हिन्दुहरुले घरमा पुर्जा गर्दा ढोल, तासा लगायतको बाजा बजाउने गर्दछन् । मुस्लिम समुदायले भने मुर्हरमका दिन साहासिक प्रर्दशन गर्ने गर्छन् ।
१४ सय बर्ष पहिले ईमामे हुसैनले ईस्लाम धर्मलाई बचाउन आफू सहीत ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको सम्झना स्वरुप मुहर्रम मनाउदै आएको मुस्लीम धर्म गुरुहरु बताउछन् । अरब देशको क्यालेन्डर अनुसार दश मुहर्रम पर्व प्रत्येक बर्ष मनाईन्छ ।
ईस्लामिक नयाँ बर्ष हिजरी संबतको एक देखि १० दिन सम्म यो पर्व मनाइने मुस्लिम मौलाना बताउछन् । मोहर्रमको १० औ तारेखलाई आसुरा भनिने तथा त्यसै दिन मस्जिदमा कुरान पाठ गरी बेलुका खिचडा पकाएर खाने चलन रहेको मुस्लिम अगुवाले बताउछन।