कलाकर्मीको दुःखसँगै गीतकार गिरीको व्यथा

कलाकर्मीको दुःखसँगै गीतकार गिरीको व्यथा

गीतकार विदुरराज गिरीले सिरुपाते जुंगामा गायक तथा संगीतकार बाबुल गिरीको स्वरमा व्यथा बोलको गीत सार्वजनिक गरेका छन्।

गीतमाथि कलाकारहरुको वेदना समेटी तयार पारिएको भिडियोसहित गीतकार गिरीले आप्mनै युट्युब च्यानलबाट शुक्रबार सो गीत सार्वजनिक गरेका हुन्। गीतमा संगीत, मिक्सिङ र मास्टरिङ पनि गायक बाबुल गिरीकै छ। मार्मिक शब्द तथा कथा वस्तुमा तयार पारिएको गीतको भिडियोमा सुबि म्युजिक प्रोडक्सनकी प्रोप्राइटर सुजाता गिरीको कथा लेखन, सुरज ढकालको सहनिर्देशन र उमेश गुरुङको निर्देशन रहेको छ।

भिडियोमा विनोद श्रेष्ठ, स्वनिका बास्तोला, सुजता गिरी, गीतकार विदुरराज गिरी, प्रदीप गिरी, सूचना भद्म, सरोज ढकाल, विनोद ढकाल, पृथ्वी नारायण अधिकारी, बाल कलाकार ब्रिजेसराज गिरीलगायतका कलाकारले अभिनय गरेका छन्। कलाकर्मीको दुःख र वेदना झल्काउन खोजिएको म्युजिक भिडियो मार्मिक बनेको छ।

गीतकार गिरीले यसअघि गायक शिव परियारको स्वरमा लजालु नयन, प्रमोद खरेल र बानिका प्रधानको स्वरमा शिव बम बम, टीका बोम्जनको स्वरमा पर्देशबाट तिमी फर्की आउजस्ता गीत आप्mनै युट्युब च्यानलबाट सार्वजनिक गरिसकेका छन्। गिरी फिल्मको स्कृप्ट लेखक पनि हुन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *