मधेस प्रदेश सरकारमा दुई मन्त्री नियुक्त

मधेस प्रदेश सरकारमा दुई मन्त्री नियुक्त

काठमाडाैं । मधेस प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा सोमवार प्रदेश प्रमुख हरिशंकर मिश्रले गृह, सञ्चार तथा कानून मन्त्रीको जिम्मेवारी मोहम्मद समिमलाई दिएर कार्यविभाजन गर्नुभएको हो ।

समिम नेपाली काँग्रेसका सांसद हुनुहुन्छ । त्यस्तै श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी जनमत पार्टीका सांसद चन्दनकुमार सिंहले पाउनुभएको छ । दुवै मन्त्रीले सोमबार नै प्रदेश प्रमुख समक्ष पद तथा गोपनियताको सपथ ग्रहण समेत गरिसकेका छन् ।

यससँगै मधेस प्रदेश सरकार दुई राज्यमन्त्रीसहित १४ सदस्यीय बनेको छ । मधेस सरकारले आज छैटौं पटक मन्त्रिपरिषद बिस्तार गरेको हो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *