सगरमाथाका विद्यार्थीलाई स्वागत

सगरमाथाका विद्यार्थीलाई स्वागत

पोखरा। पोखरा । सगरमाथा स्कुलको कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत एवं परिचय कार्यक्रम सोमबार भएको छ ।

नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका विद्यार्थीहरुलाई विद्यालयले स्वागत गरेको हो । सगरमाथामा विज्ञान संकायमा १ सय ८४ र व्यवस्थापन संकायमा ३ सय विद्यार्थी भर्ना भएका छन् । स्कुलले यही वर्षदेखि व्यवस्थापन संकायमा कम्प्युटर साइन्स र होटल म्यानेज्मेन्ट विषय थप गरेको छ ।

कार्यक्रममा सम्मान तथा पुरस्कार अर्पणसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । विद्यालयवाट हालसालै उत्तीर्ण गरी मेडीकल तथा इन्जिनियरिङ विषयमा पूर्ण छात्रवृत्तिमा पढ्न सफल ६ जना विद्यार्थीहरुलाई सम्मान, कक्षा ११ र १२ का उत्कृष्ट विद्यार्थीहरुलाई ट्रफी, नगद तथा प्रमाण पत्र र विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख, इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौर, पोखराका क्याम्पस प्रमुख निर्मल बरालले गन्तव्य सुरुआतका लागि आगन्तुक विद्यार्थीहरुले सही विद्यालय चुनेको बताए । विद्यार्थीको मनमा आउने कौतुहलतालाई पूरा गराई असल र सफल विद्यार्थी निर्माणमा सगरमाथा सदैव अब्बल रहेको उनको धारण थियो । अब्बलतालाई चुलीमा पु¥याउन विद्यार्थी, शिक्षक र अभिभावको त्रिपक्षीय भूमिका रहने र विद्यार्थीले समयको सहि व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

स्कुलका प्राचार्य धनबहादुर थापाले विद्यार्थीले आफ्नो उद्देश्य प्राप्तिका लागि निरन्तर कडा परिश्रम गरी सही मार्गमा हिँड्नुपर्ने बताए । सफलता सजिलै प्राप्त हुने र यसको लागि विद्यालय सदैव सहयोगी रहने प्रतिवद्घता व्यक्त गरे । विद्यार्थी यो उमेरमा बढी चञ्चल रहने भएकोले सर्तक भएर आफ्नो उद्देश्य प्राप्तिका लागि अगाडि बढ्नुपर्ने उनको धारणा थियो ।

पोखरा महानगरपालिका ९ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य दीपेन्द्र मर्सानीले वडामा राष्ट्रियस्तरको विद्यालय रहेकोमा गर्व महसुस गरेको धारणा राखे । विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सधैं साथैमा रहेको उनले सुनाए ।

कार्यक्रममा पूर्वविद्यार्थी पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानका उपप्राध्यपक पेट तथा छाती रोग विशेषज्ञ डा.राजेन्द्र पौडेलले विद्यालयको वातावरण सरल र सहज भएको र विभिन्न क्षेत्रमा योग्य जनशक्ति उत्पादन गरेकोले विद्यालय ठूलो परिवार भएको धारण राखे । पूर्वविद्यार्थी तथा माइ सेकेन्ड टिचर, गण्डकी प्रदेशका प्रमुख विवेक श्रेष्ठले सफलता प्राप्त गर्न धैर्य र आत्मविश्वास आवश्यकता पर्ने बताए । पूर्वविद्यार्थी विवेक गुरुङले अनुशासन जीवनको महत्वपूर्ण पाटो भएकोले देखाउन हैन आफू राम्रो बन्नका लागि अनुशाशित हुनुपर्ने बताए ।

स्कुलका प्राचार्य धनबहादुर थापाले यही क्षैशिक सत्रबाट पोखरा ४ बागलुङ बसपार्कबाट कक्षा सुरु गर्ने जानकारी दिए । पहिला ११ र १२ को कक्षा सुरु हुने त्यसपछि १ देखि १० सम्मको कक्षा सोही स्थानबाट सुरु गर्ने उनले सुनाए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top