उद्धव थापाको रणनीति : सभामुखलाई राजीनामा गर्न लगाएर आफै मुख्यमन्त्री बन्ने

उद्धव थापाको रणनीति : सभामुखलाई राजीनामा गर्न लगाएर आफै मुख्यमन्त्री बन्ने

  • तारा आचार्य

विराटनगर । कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामुखले राजिनामा दिएर आफ्नो नेतृत्वमा प्रदेश सरकारका लागि दाबी पेश गर्ने तयारी भएको बताएका छन् ।

विराटनगरमा मंगलबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेता थापाले कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने सहमति भएको र यसका लागि सभामुखले राजिनामा दिएर ४७ संख्या पुर्‍याउन लागिएको बताए । उनले सत्ता गठबन्धन दलबीच सहमति भईसकेकोले ५ बजे भित्र दाबी पेश गरिने जानकारी दिए ।

विश्वासको मत कसरी पाउनुहुन्छ भन्ने सन्चारकर्मीको प्रश्नको जवाफमा नेता थापाले त्यति बेलाको परिस्थिति अनुसार निर्ण्रय गरिने बताए । उनले संसदीय दलको नेता परिवर्तन गर्ने सम्भावना नभएकाले आफ्नै नेतृत्वमा सरकार बनाउने बताए ।

नेता थापाले सर्वोच्च अदालतको फैसलामा स्पष्ट उल्लेख नभएकाले कोशी प्रदेशमा सरकारविहिनताको अवस्था आएको जानकारी दिए । उनले सर्वोच्चको आदेश लाइ आफुले स्वीकार गर्ने बताउदै कोशी प्रदेशको सरकार नतोक्दा अन्योल भएको बताए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *