दशैंमा आउने वानर सेनाको तिम्रो मनमा सार्वजनिक

दशैंमा आउने वानर सेनाको तिम्रो मनमा सार्वजनिक

अर्पण गिरी (अरमान जंग) को डेब्यु निर्देशनमा निर्मित फिल्म वानर सेनाको पहिलो गीत सार्वजनिक गरिएको छ।

फिल्ममा निर्देशक गिरी स्वयंले समेत प्रमुख भूमिकामा अभिनय गरेका छन्। सार्वजनिक तिम्रो मनमा बोलको गीतमा अर्पणका साथमा आरजु प्रसाई फिचर्ड छन्। गीतको भिडियोमा अर्पण र आरजुलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। गीतमा निर्देशक गिरीको शब्द रचना र स्वर तथा जोन तामाध्रको संगीत रहेको छ। कथा पौराणिक रहेकाले फिल्म दशैंको अवसरमा रिलिज गरिने निर्माण समूहले जनाएको छ। यसअघि सार्वजनिक टिजरले दर्शकमाझ राम्रो छाप छोडेको दाबी निर्देशक गिरीको छ।

गिरी ग्रान्ड फिल्म्स्को ब्यानरमा युवराज गिरीद्वारा निर्मित फिल्ममा निर्देशक अर्पण र आरजुका साथमा किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनीता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बालकलाकार मास्टर अमित पौडेल तथा विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन्।

आगामी दशैंको घटस्थापना दिन असोज २६ गतेबाट अल रिलिजमा आउने फिल्ममा निर्देशक गिरीको कथा, पटकथा र संवाद, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, सत्यम राणा र श्रीकृष्ण श्रेष्ठको भीएफएक्स, विनोद सापकोटाको छायांकन, प्रविन ढकालको कलर र वन्दे प्रसादको सम्पादन रहेको छ।

फिल्मको सम्पूण छायांकन सर्लाही र सप्तकोशी किनारमा गरिएको छ। फिल्म करण श्रेष्ठ क्रेजीको रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *