
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीले अहिले केही बेरमा शपथ ग्रहण गर्नेछन् । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले अहिले साढे १० बजे शपथ ग्रहण गर्ने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
मुख्यमन्त्रीको शपथसँगै थापाले ३ जनालाई मन्त्रीमा नियुक्त गर्ने पनि जइएको छ । उनले काँग्रेसबाट प्रदीपकुमार सुनुवार, माओवादी केन्द्रबाट बाबुराम गौतम र एकीकृत समाजवादीबाट कमल जबेगुले आजै मन्त्रीको शपथग्रहण गर्ने जनाइएको छ ।
जसमा सुनुवार र जबेगु यसअघि थापा मुख्यमन्त्री रहेका बेला मन्त्री बनेकाहरु हुन् । त्यस्तै बाबुराम भने सभामुखबाट राजीनामा दिएका सांसद हुन् ।
उनै बाबुरामको राजीनामा गराए सत्ता गठबन्धनले उद्धव थापालाई मुख्यमन्त्रीमा दावी गराइएको थियो ।
थापा मंगलबार मात्रे दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री थापाको यसअघिको नियुक्तिलाई सर्वोच्चले बदर गरिदिएको थियो ।