कोशीका मुख्यमन्त्री थापासँगै ३ जना मन्त्रीले लिए सपथ

कोशीका मुख्यमन्त्री थापासँगै ३ जना मन्त्रीले लिए सपथ

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार मुख्यमन्त्रीम नियुक्त भएका उनलाई बुधबार साँझ प्रदेश प्रमुख परशुराम खापुङले शपथ खुवाएका हुन् ।

२१ असारमा सभामुख बाबुराम गौतमको समर्थनमा उनी सभामुख भएका थिए । तर, उक्त कार्य गैरकानुनी भन्दै एमालेले मुद्धा दायर गरेपछि २२ दिनमै थापा पदमुक्त भएका थिए । मंगलबार भने सभामुख गौतमलाई राजीनामा दिन लगाएर थापाले बहुमत जुटाएर मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री थापासँगै ३ जना मन्त्रीहरूले पनि सपथ लिएका छन्। सभामुखबाट राजीनामा दिएका गौतमले आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएका छन् । उनी माओवादीबाट मन्त्री बनेका हुन् । यस्तै, एकीकृत समाजवादीका कमल जवेगु भौतिक पूर्वाधार र कांग्रेसका प्रदीप सुनुवार खानेपानी, सिंञ्चाइ तथा ऊर्जा मन्त्री बनेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *