ट्रेलरमा तामाङ फिल्म

ट्रेलरमा तामाङ फिल्म

तामाध्र भाषा, संस्कार, संस्कृति र रीतिरिवाजमाथि बनाइएको तामाङ फिल्म ङिङजेको हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ।

फिल्मको ट्रेलरका साथमा भर आरे जिन्दगीला र शीर्ष गीतको भिडियो एकै साथ सार्वजनिक गरिएको हो। तामाङ सुपरस्टार डम्फू मिडियाको ब्यानरमा पेमा लामा योञ्जनको प्रस्तुति तथा दीपेन्द्र लोप्चन (मुरली) र रञ्जिता स्याङतानको निर्माणमा अमिर दोङले निर्देशन गरेको फिल्ममा कथा, पटकथा र संवाद ऋतुराज पाख्रिन, गीत रचना रुपेन मोक्तान, ङेमा दोङ (तवला), संगीत च्वाइस दोङ र रोशन लामा, गायन विशाल काल्तान, रोशन लामा, हावा लामा, जितु लोप्चन, निर्मला घिसिङ र रञ्जिता घिसिङ, नृत्य कृष्ण ब्लोन, द्वन्द्व राजु तामाङ, छायांकन विक्रम मोक्तान र त्रिलोक लामा तथा सम्पादन विक्रम मोक्तानको रहेको छ।

फिल्ममा अमिर दोङ, सुस्मा थिङ, सजिना लोप्चन, कुइसाङ रुम्बा, पदम दोङ, दीपेन्द्र लोप्चन, सोम मोक्तान, राज गोले, रञ्जिता स्याङ्तान, अनिता नेगी, मनिका मोक्तान, भुइसल लामा, माया मोक्तान, दोर्जे मोक्तान, प्रबल थिङ, नोसाङ दोङ, विशाल थिङलगायतले अभिनय गरेका छन्।

फिल्ममा मानव जीवनमा जन्मदेखि मृत्युसम्मको कथा समेटिएको तथा एउटा परिवारमा आफ्ना अभिभावकले मादक पदार्थ सेवन गर्दा छोराछोरीको भविष्यमा पर्ने असरबारे सन्देश रहेको निर्देशक दोङले जानकारी गराए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *