नितिनको आत्महत्याको कारण आर्थिक तनाव

नितिनको आत्महत्याको कारण आर्थिक तनाव

आर्थिक तनावले आत्महत्या गरे बलिउड फिल्मका कला निर्देशक नितिन देसाईले बुधबार मुम्बईस्थित आप्mनो एनडी स्टुडियोको आत्महत्याको विषयलाई लिएर गहिरो अनुसन्धान हुने भएको छ।

देसाईले आत्महत्या गर्नुअघि एक अडियो रेकर्ड गरेको र त्यसमा चार जनाको नाम लिएको भारतीय सञ्चार माध्मयले जनाएका छन्। देवदास, जोधा अकबरजस्ता बलिउडका सुपरहिट फिल्मको सेट डिजाइन गरेका देसाईले झुण्डिएर आत्महत्या गरेका थिए। प्रहरीले उनले आत्महत्या गर्नुअघि मोबाइलमा रेकर्ड गरेको अडियो क्लिप फेला परेको र त्यसमा चार जनाको नाम लिएको जनाएको समाचारमा उल्लेख छ। खालापुर पुलिसले यससँग जोडिएका नाम भने गोप्य राखेको समाचारमा जनाइएको छ।

समाचारमा उल्लेख गरिएअनुसार नितिन लामो समयदेखि आर्थिक समस्यासँग जुधिरहेका थिए। उनले बैंकबाट करिब एक सय ९० करोड लोन लिएका थिए। जो ब्याजसहित लगभग दुई सय ५० करोड पुगेको थियो। उनले आर्थिक तनावकै कारण आत्महत्याको बाटो रोजेको अनुमान गरिएको समाचारमा उल्लेख छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *