अगस्त्यको २५ सय बढी शो हुने

अगस्त्यको २५ सय बढी शो हुने

डार्क हर्स इन्टरटेन्मेन्ट प्रालिद्वारा निर्माणाधीन फिल्म अगस्त्य–भाग १ को अन्तर्राष्टिझय रिलिज बिक्री भएको छ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज प्रालिबीच अगस्त्य भाग १ को अन्तर्राष्टिझय रिलिजका लागि सम्झौता भएको हो। सम्झौताअनुसार सेभेन सिजले संयुक्त राज्य अमेरिका र बेलायतमा करिब आठ सयदेखि एक सय शो, क्यानडामा एक सय ५० शो, युरोपका बाँकी देशहरु जापान, कोरिया, हङकङ र थाइल्यान्डमा एक सय ५० शो, अस्ट्रैलिया र न्युजिल्यान्डका विभिन्न शहरमा करिब पाँच शो र मध्यपूर्वका विभिन्न देशका हलमा सात सय ५० शो प्रदर्शन हुने दाबी गरिएको छ। निर्माण पक्षले फिल्मको छायांकन करिब ४५ प्रतिशत सकिँदै गर्दा नै अन्तर्राष्ट्रिय रिलिज बिक्री हुनुलाई उपलब्धि मानेको जनाएको छ। ञसेभेन सिज प्रालिसँगको यो सम्झौता अगस्त्य भाग १ का लागि मात्रै नभएर सिंगो नेपाली फिल्म उद्योगकै लागि सकारात्मक कुरा हो, डार्क हस इन्टरटेनमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अगस्त्य–भाग १ को ४५ प्रतिशत छायांकन भारत उत्तर प्रदेशको विभिन्न स्थानमा गरिसकिएको छ भने बाँकी ५५ प्रतिशत छायांकन पूर्वी तराईका विभिन्न जिल्लामा आगामी हप्तादेखि शुरु हुँदैछ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झालगायतका नेपाली कलाकारसँगै बलिउड कलाकारले पनि अभिनय गरेका छन्। फिल्म प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गौचनले निर्माण गरिरहेका छन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *