प्रचण्डको विकल्प खोज्ने बेला कहिले ?

प्रचण्डको विकल्प खोज्ने बेला कहिले ?

काठमाडौं । लामो समयदेखि नेतृत्वमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ आफैले पार्टीमा उत्तराधिकारी नभएका कारण आफू सक्रिय बन्नुपरेको दाबा गर्छन् ।

प्रचण्डले भने जस्तै माओवादी आन्दोलनको रक्षा गर्दै पार्टी हाँक्न सक्ने नेता निर्माण भएको रहेनछ भन्ने विषय माओवादी केन्द्रीय समितिमा सम्भावना बोकेका भनिएका नेताहरुको अभिव्यक्तिबाटै पुष्टी भएको छ । के माओवादीमा प्रचण्डको उत्तराधिकारी खोज्ने बेला आएकै हो त ?

झन्डै सढे ३ दशकदेखि नेकपा माओवादी केन्द्रको नेतृत्व सम्हाल्दै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा एकछत्र राज गरिरहेका छन् ।

यतिसम्मकी प्रचण्ड स्वयंमले चाहेको खण्डमा बाहेक तत्काल माओवादीमा उनको विकल्प खोज्न सक्ने हिम्मत कसैले गर्न सक्ने देखिएको छैन् । तरपनि बेलाबखत माओवादी भित्रै नेतृत्व परिवर्तन र प्रचण्डको उत्तराधिकारी खोज्ने गरिन्छ ।

बुधबारबाट सुरु भएको माओवादीको केन्द्रीय समिति बैठकमा पनि उक्त बिषयले स्थान पाएको छ । बैठकमा उपमहासचिव बर्षमान पुनले पार्टीमा उत्तराधिकारी तयार गर्न नेतृत्व किन उदासिन ?

भन्दै प्रश्न उठाएका थिए । नेतृत्वको दौडमा रहेका पुनले उत्तराधिकारी तयार पार्नुपर्ने बिषयमा जोड दिएपछि कतै प्रचण्डको विकल्प खोज्न थालिएको त होइन ? यस्तोमा माओवादी भित्र अध्यक्ष प्रचण्डको उत्तराधिकारी को ?

चासोको बिषय बनेको छ । यद्यपी उपमहासचिव पुनले पार्टीमा तत्काल अध्यक्षको विकल्प खोज्ने कुरा नभएपनि उत्तराधिकारी तयार पर्न विधिको विकास गरेर जानुपर्ने बताएका छन् ।

सचिव देवेन्द्र पौडेलले अध्यक्ष प्रचण्ड जत्तिको नेतृत्व माओवादीमा अरु छ कि छैन ? भन्ने प्रश्न आम रुपमा उठ्ने भएकाले उत्तराधिकारीको बिषय उठनु सामान्य भएको तर्क गर्छन् ।

कसैले म माओवादीको उत्तराधिकारी हो भनेर मात्रै नहुने भन्दै पार्टीमा उसको भुमिका र स्तर हेरेर मात्रै यसको निर्धाराण हुने उनको भनाई छ ।

त्यस्तै अर्का सचिव डिलाराम आचार्यले पार्टीमा कसैलाई टिका लगाएर उत्तराधिकारी घोषण गर्ने नभई विचार, संगठनात्मक नीति, राष्ट्रिय–अन्र्तराष्ट्रिय दृष्टिकोणले निर्धारण गर्ने बताउँछन् ।

यता, बागमती प्रदेशमा मुख्यमन्त्री समेत रहेका शालिकराम जम्कट्टेलले नेतृत्वको आलोचना र प्रचण्डको विकल्प खोज्दैमा पार्टी नबन्ने तर्क गर्छन् ।

पार्टीमा उत्तराधिकारीको बहस चलिरहँदा अध्यक्ष प्रचण्ड भने आफ्नो स्प्रीट बुझ्न सक्ने व्यक्तिको खोजिमा छन् । त्यसैले पार्टीमा आफ्नो उत्तराधिकारीको रुपमा नेत्रविक्रम चन्द विप्लबलाई भित्राउने योजनामा प्रचण्ड छन् ।

प्रचण्डले विप्लवलाई पार्टी प्रवेश गराए आफुहरुलाई अफ्ठ्यारो पर्ने भय पार्टीका दोस्रो वरियताका नेताहरुमा देखिन्छ । यसैबिच बाबुराम भट्टराईसंगको पार्टी एकताको कुरा पनि चलिरहेको छ । त्यसैले महाधिवेशन भएको डेढ बर्षमै माओवादीमा विशेष महाधिवेश र प्रत्यक्ष निर्वाचन प्रणलिबाट नेतृत्व चयनको बिषय उठेको धेरैको बुझाई छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *