६ कलाकर्मी ५१ हजार रुपियाँसहित पुरस्कृत

६ कलाकर्मी ५१ हजार रुपियाँसहित पुरस्कृत

नेपाली कलाकारलाई लिएर नेपालमै खिचिएको नेपाली भाषाको पहिलो फिस्ल्म आमाका अभिनेत्रीहरु भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालद्वारा स्थापित भुवन चैत्य वसुन्धारा फाउनडेसनले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी कलाकर्मीहरुलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरेको छ।

चावहिल सरस्वतीनगरस्थित चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रमममा कलाकर्मीहरुलाई २०७९ र २०८० सालका विभिन्न पुरस्कार प्रदान गरिएको हो। समारोहमा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कलाकर्मीहरुलाई पुरस्कार प्रदान गरेकी थिइन्। समारोहमा गीतकार, निर्माता तथा निर्देशक यादव खरेल र गीतकार, निर्माता निर्देशक तथा अभिनेता नीर शाहलाई क्रमशः २०७९ र २०८० सालको हरिश भुवन चन्द पुरस्कारबाट पुरस्कृत गरिएको छ। त्यसैगरी, संगीतकार गणेश रसिक र अभिनेता शिव श्रेष्ठलाई क्रमशः २०७९ र २०८० सालको चैत्यदेवी सिंह पुरस्कारबाट पुरस्कृत गरिएको छ। त्यस्तै, अभिनेत्री मिथिला शर्मा र शर्मिला मल्ललाई क्रमशः २०७९ र २०८० सालको चेतनारायण वसुन्धरा भुसाल पुरस्कारबाट पुरस्कृत गरिएको छ। पुरस्कृत सम्पूर्ण कलाकर्मीलाई जनही ५१ हजार रुपियाँ प्रदान गरिएको छ।

कार्यक्रममा मन्त्री शर्माले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने फिल्म बनाउनुपर्नेमा जोड दिँदै यसका लागि सरकारको नीतिगत सहयोग हुने र फिल्म निर्माताले पनि गुणस्तरमा ध्यान दिनुपर्ने जनाइन्। उनले कलाक्षेत्रको विकास र यसमा जीवन अर्पण गर्नेहरुको सम्मानमा सरकार प्रतिबद्ध रहेको जनाउँदै फिल्म क्षेत्रको नियम कानुन पुरानै रहेकाले आवश्यक परिमार्जनको काम थालिएको बताइन्। मन्त्री शर्माले चलचित्र बोर्डले तयार पारेको ऐन परिमार्जनको मस्यौदा मन्त्रालयमा छलफल गरेर चाँडै मन्त्रिपरिषद्मा लैजाने प्रतिबद्धतासमेत व्यक्त गरिन्। ञआज पनि छोरीलाई हरेक काममा छोरासरह जिम्मेवारी दिन आनाकानी गर्ने नेपाली समाजमा त्यतिबेला छोरीहरु चलचित्र क्षेत्रमा प्रवेश गर्दा कति कठिनाइ झेल्नुपर्यो होला? आजको पुस्ताले कल्पना मात्र गर्न सक्छ। उहाँहरुले थालेको अभियान समाज रुपान्तरणमा ठूलो विद्रोह थियो, यसको नेपाली समाजले युग युगसम्म मूल्यांकन गरिरहने छ, नेपाली फिल्म क्षेत्रमा महिलाको प्रवेश शुरु गराउने भुवन चन्द, चैत्यदेवी सिंह र वसुन्धरा भुसालजस्ता अभिनेत्रीको भूमिका प्रशंसा गर्दै मन्त्री शर्माले भनिन्।

पत्रकार शान्तिप्रियद्वारा सञ्चालित कार्यक्रममा पुरस्कृत कलाकारका बारेमा अभिनेता कृष्ण मल्ल, अभिनेत्री करिश्मा मानन्धर र कलाकर्मी तथा पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले प्रकाश पारेका थिए। त्यसैगरी, पुरस्कृत कलाकर्मीको तर्पmबाट फिल्मकर्मी यादव खरेलले पुरस्कारको उपादेयता तथा कलाकर्मी र फिल्मकर्मीको वर्तमान अवस्था बारेमा चर्चा गरेका थिए।

तस्वीरहरु : रंगराज आचार्य

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *