मिस नेवाःका अनेक प्रतिभा

मिस नेवाःका अनेक प्रतिभा

नेप्लिज फेसन होमले आगामी भाद्र ५ गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्ने नेवार समुदायका युवतीहरुबीचको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपालअन्र्तगतको ट्यालेन्ट शो शनिबार राजधानीमा सम्पन्न भएको छ।

नेपाल टेलिकमको मुख्य प्रायोजनमा हुने यस वर्षको मिस नेवाः नेपाल ११४३ अन्तर्गतको ट्यालेन्ट राउन्ड मिस ट्यालेन्ट उपउपाधिका लागि भएको हो। चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पानसमा दीप प्रज्वलन गरेर शुभारम्भ को ट्यालेन्ट शोमा सहभागी नेवार सुन्दरीहरुले नृत्य, गायन, अभिनय, वाक, वासुरी वादन, कविता वाचन, करातेलगायतका आपूmमा अन्र्तनिहित प्रतिभा प्रदर्शन गरेर निर्णायकलाई प्रभावित पार्ने कोशिष गरेका थिए। १७औं संस्करणको मिस नेवाः नेपालअन्र्तगतको ट्यालेन्ट शोमा तुलसी कंसाकार, तिमिला महर्जन, ऋतिका श्रेष्ठ, तुलसा प्रजापति, अविशा कपाली, कृष्टी प्रजापति र सिचु मानन्धरले विभिन्न नृत्य प्रदर्शन गरेका थिए। त्यसै गरी खुशी डंगोलले नेवारी कविता वाचन, ऋद्धिशा श्रेष्ठले पियानो वादन, एडिझना श्रेष्ठले नृत्यका साथमा कराँते, युनिशा महर्जनले बाँसुरी वादन, रोजिना महर्जनले वक्तृत्व कला, सुविता देउलाले नृत्य र कराँते, अंशु प्रजापतिले नृत्य र अभिनय, रसिला श्रेष्ठ र मीनासा महर्जनले धिमे वाद्यवादन तथा सकिना महर्जनले वक्तृत्व कला प्रदर्शन गरेका थिए।

सहभागीहरुले ट्यालेन्ट शोमा प्रदर्शन गरेको कला प्रस्तुतिका आधारमा निर्णायकबाट प्राप्त नामलाई प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका दिन मिस ट्यालेन्ट घोषणा गरिने मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्। मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्धेश्यले १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गरिँदै आएको बताइन्। यस वर्षको मिस नेवाः नेपालमा १७ युवतीले अन्तिम स्पर्धा गर्दैछन्।

नेप्लिज फेसन होमका प्रमुख सल्लाहकार समाजसेवी सुरबहादुर श्रेष्ठको सभापतित्व तथा मिस नेवाः नेपाल २०२२ सलिना महर्जन, किड क्वीन इरिना महर्जन, मिस लिटिल नेवाः ११४३ सुज्योति डंगोल, मिस नेवाः नेपाल ११४२ सेकेन्ड रनर्सअप सेलिन प्रजापति, मिस ट्यालेन्ट श्रेया महर्जन, सोसियल वेलफेयर चिफ अतृषा महर्जन, नेपाल भाषा प्रशिक्षक राजु नापितको विशेष आतिथ्यतामा सम्पन्न ट्यालेन्ट राउन्डमा नेपाल क्योकुसिन सेइसिन काईकान कराते संघ तथा विश्व क्योकुसिनका उपाध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, नेपाल लिपी गुठीका अध्यक्ष अनिल स्थापित, नमूना फेसन कलेजका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, माँ बगलामुखी सहकारीका अध्यक्ष अधिवत्ता लक्ष्मण महर्जन, लायन्स क्लब डिस्टिझक ३२५ एलका गर्भनर मणि श्रीरत्न बज्राचार्य र बक्सिङ संघका अध्यक्ष राम अवाले निर्णायक रहेका थिए।

प्रतियोगितामा रोजिन शाक्य मुख्य कोरियोग्राफर रहेका छन् भने मिस नेवाः नेपाल कृषा महर्जन संयोजक रहेकी छिन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *