एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा डा भुसाल

एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा डा भुसाल

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा वेदुराम भुसालले पाएका छन् ।

अध्यक्ष माधवकुमार नेपाल युराेप भ्रमणमा गएकाले कार्यवाहक अध्यक्ष भुसालले चलाउने भएका हुन् । अध्यक्ष नेपाल आजदेखि आगामी भदौ १ गतेसम्म युराेपका विभिन्न देशकाे भ्रमणका गएका छन् ।

नेपाली एकता मञ्चले स्वीजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन  अध्यक्ष नेपाल  ती देशको भ्रमणमा गएका हुन् । अध्यक्ष  नेपाल भ्रमणका लागि साेमबारै स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *