
नेपाली सांगीतिक बजार हिजोआज गर्माएको छ। बीचमा सेलाएको सांगीतिक गतिविधि फेरि गर्माउन थालेको छ।
पछिल्लो समय एकपछि अर्को गीत आउने क्रम बढेसँगै सांगीतिक कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गरिरहेका छन्। सोही क्रममा गायक तथा संगीतकार कृष्ण समीप सुवेदीले हालै ए भन्दे बतास बोलको गीत भिडियोसहित सार्वजनिक गरेका छन्। गायक सुवेदीकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा शब्द रचना, संगीत र स्वर पनि उनी स्वयंको रहेको छ। गीतमाथि आकर्षक भिडियो बनेको छ। भिडियोको निर्देशन र कोरियोग्राफी दिपेन्द्र तिमिल्सिना गरेका छन् भने नवराज उप्रेतीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ।
गीतको भिडियोमा गायक सुवेदी आफैंले अभिनय गरेका छन्। उनलाई अभिनयमा स्मारिका ढकालले साथ दिएकी छन्। भिडियोमा कृष्ण समीप सुवेदी र स्मारिका ढकालका साथ उमेश भ्वयें, देवराज सापकोटा, सपन थापा, नविन उप्रेती, लक्ष्मण उप्रेती, देवचन्द्र श्रेष्ठ र दीपक सापकोटा तथा बाल कलाकारहरु तनिस्का थापा र आरोन श्रेष्ठले पनि अभिनय गरेका छन्।