एमालेले संसदमा गृहमन्त्रीलाई बोल्न दिने, तर माग पूरा नभए विरोध जारी नै राख्ने

एमालेले संसदमा गृहमन्त्रीलाई बोल्न दिने, तर माग पूरा नभए विरोध जारी नै राख्ने

काठमाडौं । पटकपटक प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गृहमन्त्रीलाई बोल्न दिने भएको छ । सुन प्रकरण उच्च स्तरीय छानविन समिति गठनको अडान राख्दै आएको एमालेले त्यस विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बोल्न समय दिने भएको हो ।

गृहमन्त्रीलाई बोल्न दिने तर, एमालेले सरकारले आफ्ना माग पूरा नगरे अडान भने यथावत नै राख्ने भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच छलफल भएको थियो । उक्त छलफलपछि सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक बोलाएका हुन् ।

एमाले सचेतक महेश बर्तौलाका अनुसार बैठकमा केही पनि सहमति भने भएन । उनले बैठकमा सांसद, दलका नेताले सम्बोधन गर्दा बैठक अवरोध नगर्ने, गृहमन्त्रीलाई पनि बोल्न दिने बताए । यद्यपि, सरकारले आफ्नो माग सम्बोधनबारे चासो नदेखाए विरोध गर्ने उनले बताए ।

उनका अनुसार सरकार एमालेलाई गलाउने र थकाउने पक्षमा छ । तर, एमालेले त्यो सहन तयार छैन । एमाले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद अवरोध खुलाउन मञ्जुर छैन ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *