स्यास्त्रीको कालिका माविमा शंकरलाल

स्यास्त्रीको कालिका माविमा शंकरलाल

स्यास्त्रीको कालिका माविमा शंकरलाल

पोखरा । रुपा गाउँपालिका वडा नम्बर १ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शंकरलाल श्रेष्ठ चयन भएका छन् । सो विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको भेलाले श्रेष्ठको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

विद्यालय व्यवस्थापन समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र पौडेल छन् भने समितिको अन्य सदस्यहरुमा बालमणि पौडेल, सूर्यबहादुर गान्छाकी मगर, मनमाया गिरी, रिता विक, कविता मास्की र रुपा–१ का वडाध्यक्ष रामबहादुर गोदार चयन भएका छन् । भेला निवर्तमान अध्यक्ष विकास खनालको अध्यक्षतामा भएको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *