८० सालको गाईजात्रा मनोज र शैलेन्द्रका साथ

८० सालको गाईजात्रा मनोज र शैलेन्द्रका साथ

कोरोना महामारीको समयदेखि रोकिँदै आएको गाईजात्रा शो यस वर्ष भने हुने भएको छ।

गाईजात्रा पर्वको अवसरमा यसको छेको पारेर आयोजना गरिँदै आएको गाईजात्रा शो कोरोना महामारी पछिको पहिलो पहिलो प्रस्तुतिस्वरुप यस वर्ष फेरि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको हो। ८० सालको गाईजात्रा नाम दिइएको कार्यक्रम आगामी भाद्र १३ गतेदेखि १८ गतेसम्म चल्नेछ।

ब्रान्डवर्थ प्रालिको आयोजनामा हुने कार्यक्रममा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल (चिप्लेटी अंकल), सीता न्यौपाने, राधिका कँडेल, दीपक प्रसाद आचार्य (काकु), प्रभात लामा, रुबिना अधिकारीलगायतका कलाकारले दर्शकलाई हास्यव्यंग्य प्रस्तुतिका साथ भरपूर मनोरञ्जन गराउनेछन्। जेसिस, लायन्सलगायतका संस्थासँगको सहकार्यमा ब्रान्डवर्थ प्रालिले उपत्यका बाहिर पनि ८० सालको गाईजात्रा आयोजना गर्नेछ। हास्यव्यंग्यकार मनोज गजुरेलका अनुसार विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने पक्का भइसकेको छ भने अन्य शहरमा पनि कार्यक्रम हुनेछ।

कोरोना महामारीको समयमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेको आयोजक संस्थाले यसपटक रंगमञ्च सँगसँगै टेलिभिजनमा पनि डिजिटल गाईजात्रा प्रसारण गर्नेछ। सात एपिसोडमा प्रसारण हुने डिजिटल गाईजात्राको पोस्ट प्रोडक्सन सकेर कलाकारहरु रंगमञ्चमा हुने ८० सालको गाईजात्राको रिहर्सलमा लागेको गजुरेलले जानकारी गराए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *