भिडियोमा राजेशपायलको जानु

भिडियोमा राजेशपायलको जानु

लोकप्रिय गायक राजेशपायल राईको स्वरमा जानु ए जानु बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

गीतमा विनोद पछाईको संगीत, जानुका ढकालको शब्द रचना, महाराज थापाको एरेन्जमेन्ट तथा मिन विष्टको मिक्सिध्र र मास्टरिध्र छ। भिडियोमा मोडल आभा थापा र बद्रीप्रसाद तिवारी फिचर्ड छन्। नवनारी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको भिडियोमा आभा र बद्रीलाई रोमान्टिक भावमा देखाइएको छ।

निसान घिमिरेको सम्पादन तथा निर्देशन रहेको भिडियोमा राजीव समरको कोरियोग्राफी र उत्तम हुमागाईंको छायांकन रहेको छ।

संगीतकार विनोदका यसअघि रात पनि दिन हुन्थ्यो, तिम्रा हजार गल्ती, औंला गन्दैछु, बाटोमा हिँड्दा देखेको उनीलाईलगायतका गीत चलेका गीतमा पर्छन्। उनका झण्डै ३० गीत युट्युबमा रिलिज भइसकेका छन्। उनले स्वदेश गान तथा भजन गीतमा पनि स्वर दिएका छन्। उनले जानु ए जानु बोलको यो गीत चार वर्षपछि बजारमा ल्याएका हुन्।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *