अक्सफोर्डमा भाषा ज्ञान प्रतियोगिता

अक्सफोर्डमा भाषा ज्ञान प्रतियोगिता

पोखरा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलले कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच नेपाली भाषा ज्ञान प्रतियोगिता सम्पन्न गरेको छ । हिज्जे, पर्यायवाची तथा विपरीतार्थी, अन्ताक्षरी, कोठेपद, मिश्रित, अक्षर, द्रूत गति, संकेत चरणलगायत १० चरणमा सम्पन्न भएको प्रतियोगितामा नीलो सदनका आएना खातुन, गौरव आचार्य र पवित्रा बराल प्रथम भए ।

हरियो सदनका दीपा गुरुङ, फयाद अली र सुमीता सुवेदी द्वितीय भए । नीलो सदनमा दिवस अधिकारी, अस्मिता बराल र आफ्रा खातुन रहेका थिए भने रातो सदनमा मीरा गुरुङ, सुजाता सुनार र सिर्जना कार्की सहभागी थिए ।

विद्यार्थीको नेपाली भाषाप्रति रुचि जगाउन र भाषा ज्ञानको क्षेत्र फराकिलो बनाउन प्रतियोगिता गरिएको विद्यालयले जनाएको छ । विद्यालयका सहायक प्रधानाध्यापक घनश्याम आचार्यले नेपाली भाषा ज्ञान प्रतियोगिताले विद्यार्थीमा शब्दभण्डार तथा व्याकरणको ज्ञान वृद्धिमा महŒवपूर्र्ण भूमिका खेल्ने विश्वास गरे ।

वार्षिक कार्यतालिकाअनुसार नै प्रतियोगिता सञ्चालन गरिएको विद्यालयका सहक्रियाकलाप संयोजक विनोदराज आचार्यले बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *