महानगरको काव्यात्मक ट्रेलर

महानगरको काव्यात्मक ट्रेलर

देश विदेशका थुप्रै महोत्सवमा सहभागी भई अवार्ड जित्न सफल फिल्म महानगर (वान नाइट इन काठमाडौं) को ट्रेलर सार्वजनिक भएको छ। कर्मा र मेनुका प्रधानको पात्र वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ।

ट्रेलरले फिल्म काव्यात्मक भएको छनक दिन्छ। ट्रेलरको सुरुमै मेनुकाका चरित्रले वाचन गर्ने कविता मात्र नभई लय, संवाद र दृश्य संयोजनले पनि ट्रेलरलाई पृथक बनाएको छ। फिल्ममा मेनुकाले महानगरको सपनाको बोझले थिचिएकी युवतीको भूमिका निर्वाह गरेकी छन् भने कर्मा उनलाई त्यो बोझबाट निकाल्ने जिम्मेवारीमा देखिन्छन्।

सानो घटनाका कारण स“गै रात गुजार्न बाध्य दुई चरित्रको जीवनमा सो रातले ल्याएको परिवर्तनलाई फिल्ममा उतारिएको निर्माण टिमले जनाएको छ। फिल्ममा कर्मा र मेनुकास“गै अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायतका कलाकारले पनि अभिनय गरेका छन्। सन २०२१ मा कोलकता अन्तर्राष्ट्रिय फिल्म फेस्टिवmमा विश्व प्रिमियर गरिएको फिल्मले निफमा राष्ट्रिय फिल्मको विधामा उत्कृष्ट फिल्म, पटकथा, अभिनय र निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरमाअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो।

माउन्टेन रिभर फिल्म्स् तथा गो विन प्रोडक्सन्सस“गको सहकार्यमा मिडलवे फिल्म्सले निर्माण गरेको महानगरको लेखन तथा निर्देशन मोहन राईले गरेका छन् भने पुष्पा संगमको संगीत, नरेन्द्र मैनालीको छायांकन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन रहेको छ। फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् भने नवनिधि दाहाल क्रिएटिभ प्रोड्युसर हुन्।

फिल्म आगामी भदौ ८ मा देशभर प्रदर्शन हुनेछ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *