प्रचण्डलाई उपेन्द्रको धम्की – ‘सत्ता सहयात्रा नरहन सक्छ’ !

प्रचण्डलाई उपेन्द्रको धम्की – ‘सत्ता सहयात्रा नरहन सक्छ’ !

काठमाडौं । १७ वर्षअघि रौतहटको गौरमा एउटा नरसंहार भएको थियो । त्यो नरसंहारमा उपेन्द्र यादव पक्षका कार्यकर्ताले माओवादी पक्षका महिला कार्यकर्ताहरु प्रतिमा खातुन, उषा थापा, रेखा परियार र सरस्वती उप्रतीलाई गुप्ताङ्गमा समेत बाँसका भाटाले घोचेर, स्तन काटेर, जिउँदै जलाएर हत्या गरेका थिए ।

नरसंहार मच्चिन थालेपछि भागेर ज्यान जोगाउन दौडिएका ११ जनालाई समातेर स्थानीय बोधीमाई मन्दीरमा सामूहिक बलि दिइएको दावी पनि गरियो ।

यस्तो नरसंहारको छानविन गर्ने भनेर सरकारले अहिले पीडित पक्षसँग सहमति गरेपछि उपेन्द्र यादवले ‘सत्ता सहयात्रा नरहन सक्छ’ भनेर प्रचण्डलाई धम्की दिएका छन् । जसपाको विचारमा १७ वर्षअघिको त्यो घटना कोट्याइनु हुँदैन थियो ।

अर्थात यो देशमा न्याय खोजिनु हुँदैन । मर्नेलाई मर्न दिइनु पर्छ । मार्नेलाई उन्मुक्ति दिइनु पर्छ । किनभने राजनीतिको खोल ओढेपछि जिउँदै जलाए पनि, गुप्ताङमा भाटा रोपे पनि, बलि दिए पनि त्यो क्रान्ति नै हो । यस्तो क्रान्ति गर्ने क्रान्तिकारीहरु संविधानभन्दा माथि हुन्छन् भन्ने मान्यता हुनमा प्रचण्डपथको पनि हो । अहिलेको प्रशंगमा उपेन्द्र यादवले पनि बोकेका छन् ।

सरकारले गौर नरसंहारको छानविन गर्छु भनेर सहमति गरे पनि यो कुरा उपेन्द्रलाई साइजमा राख्न रचिएको राजनीतिक चाल मात्रै हो । सरकारले साँच्चै त्यो घटनाको अनुसन्धान गरेर दोषीविरुद्ध मुद्दा चलाउँछ भन्ने कुरा पत्यार लाग्दो छैन । यसो गर्ने बित्तिकै माओवादीले गरेका नरसंहारहरुको पनि छानविन गर्नु पर्ने हुन्छ । यसकारण माओवादीका नेता प्रचण्डले यस्तो हुन दिने छैनन् । अहिलेको सहमति पीडितहरुलाई थामथुम पार्न मात्रै गरिएको हो ।

आज पनि एमालेका नेताहरु ‘मदन भण्डारीको हत्या भएको दावी गर्छन्’ तर मदनकै पत्नी राष्ट्रपति, जबजका असली फलोअर दावी गर्ने केपी ओली प्रधानमन्त्री हुँदा पनि मदन भण्डारीको मृत्युको कारण खोजिएन । वा भनौ खोज्ने इच्छा देखाइएन । तर पनि जनता अल्मल्याउन भन्ने गरिन्छ – मदन भण्डारीको हत्या भएको थियो ।

नेपालमा यस्ता धेरै नरसंहार भएका छन् । त्यसमा खास छानविन हुँदैनन् । छनविन भएर कोही जेल नै पर्यो भने रेशम चौधरीलाई झै नेताहरुले जेलमुक्त गरिदिन्छन् ।

यदि मारिने व्यक्ति सामान्य छ र हत्या गर्ने व्यक्ति प्रभावशाली छ भने उसलाई कुनै न कुनै तरिकाले जेलमुक्त गरिन्छ ।
धेरैले गरेको अनुमान के हो भने यस्तो अत्याचारी शासन नेपालमा कायम राखिरहँदा जनतामा नैराश्यता छाउँछ ।उनीहरुले देश छाडेर जान्छन् । देश कमजोर हुन्छ । र, विदेशीलाई नेपाल कब्जा गर्न सजिलो हुन्छ ।

यहि भएर नेताहरुले देशको कुन कुनामा प्रहार गर्दा देश चाँडै ढल्छ, गल्छ भन्ने थाहा पाएका छन् । सोही बमोजिम उनीहरु देशमाथि प्रहार गर्दै आएका पनि छन् ।

भिडियो

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *