काठमाडौं । नेपाली बजारमा नन्दिनी हर्वल केयर प्रा.लि.का विभिन्न ब्राण्डहरु भित्रिएका छन् । भारतको गुजरातमा मुख्य कार्यालय रहेको उक्त नन्दिनी अर्गानिक ब्राण्डका सौन्दर्य सामाग्रीहरु काठमाडौँमा एक कार्यक्रम गर्दै कम्पनीले नेपाली बजारमा भित्र्याएको हो ।
नेपाली ग्राहकहरूलाई विश्वस्तरीय सौन्दर्य हेरचाह उत्पादनहरू प्रदान गर्ने उद्धेश्यका साथ शत प्रतिशत प्राकृतिक तथा कुनै साईड इफेक्ट नभएको विभिन्न सौन्दर्य सामाग्रीहरु अर्गानिक रुपमा उत्पादन गरि नेपाली बजारमा ल्याएको नन्दिनी हर्वल भारतका प्रबन्ध निर्देशक हितेश लिम्बानीले बताएका छन् । साथै उनले दुबई, कतार, थाइल्याण्ड, न्यूजिल्याण्ड, ओमन, बंगलादेश, श्रीलंकालगायत विश्वका ४५ वटा देशहरुमा उक्त सामग्री निर्यात हुँदै आएको बताएका छन् ।
यस्तै, सन स्क्रिन, मोश्चराईजर, फेश वास, डे क्रिम, नाईट क्रिम, ईसन्सियल आईल लगायत थुप्रै अर्गानिक सौन्दर्य सामाग्रीहरु नेपाली बजारमा सुलभ मुल्यमा उपलब्ध गराइएको कम्पनीको दाबी छ । यस्तै, नन्दिनी ब्राण्डका उत्कृष्ट सौन्दर्य सामाग्रीहरु नेपालका विभिन्न आउटलेट, वितरक, व्यूटिपार्लर, सलुन, मेडिकल स्टोरलगायत मार्ट सपिङ्ग मलहरुमा सहजै उपलब्ध हुने, उक्त उत्पादनहरुलाई नेपालमा बजारीकरण तथा व्यवस्थापनको जिम्मेवारी लिएका कन्ट्री म्यानेजर पदम शर्माले जानकारी दिए ।
त्यसैगरी मिस नेपाल खड्गीले आफुले विभिन्न ब्राण्डको एम्बेसडर भएर काम गरेको र विभिन्न ब्राण्डेड उत्पादन प्रयोग गर्दै आएको तर पहिलो पटक यस्ता अर्गानिक सौन्र्दय ब्राण्डका बारेमा जानकारी लिँदा यस उत्पादनले नेपालमा राम्रो बजार पाउने कुरा बताइन् । नन्दिनी अर्गानिक ब्राण्डका बारेमा जानकारी दिने उद्देश्यले राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मिस नेपाल–२००२ उषा खड्गी तथा सामाजिक अभियन्ता भिम उपाध्यायले संयुक्त रुपमा उक्त उत्पादनहरुको औपचारिक बिक्री वितरणको शुभारम्भ गरेका थिए । नन्दिनी अर्गानिकका ब्राण्डले नेपालमा राम्रो बजार लिने र सौन्दर्य पारखीहरुको रोजाइमा पर्ने विश्वास गरिएको छ ।