हाउडे मायालाई बिहे कहिले गर्ने पिरलो

हाउडे मायालाई बिहे कहिले गर्ने पिरलो

हिन्दू नारीहरूको चाड तीज आउन एक महिनाभन्दा धेरै समय बाँकी छ, तर तीजसम्बन्धी गीत धमाधम आउन थालेका छन्।

यसै क्रममा हाउडे माया गायिका सिर्जना खत्रीले पनि यस वर्षको तीजलाई लक्षित गर्दै पिरलो बोलको तीज गीत भिडियोसहित दर्शकमाझ ल्याएकी छिन्। गायिका खत्रीकै शब्द संगीत र स्वर रहेको गीत उनकै युट्युब च्यानलमार्फत हालै सार्वजनिक भएको हो।

यस वर्ष सिर्जनाले अविवाहित युवतीले झेल्ने गरेको बिहे कहिले गर्ने भन्ने प्रश्नलाई आफ्नो गीतको विषय बनाएकी छिन्। चट्ट कपाल खाली सिउँदो राता राता पहिरन बिहे कहिले गर्ने भन्ने प्रश्नले छु हैरान सिर्जनाले गीतमा भनेकी छन्।आफूले बारम्बार मिडिया तथा आफन्तबाट झेलिरहेको प्रश्नलाई नै रमाइलो र सन्देशमूलक तरिकाले गीतमार्फत प्रश्तुत गरेको सिर्जना बताउ“छिन्। उनले गीतमार्फत विवाहभन्दा पनि महिला आत्मनिर्भर बन्नुपर्छ भन्ने विषयमा जोड दिएकी छिन्।

अभिनेत्री नीता ढुंगानाको साथमा सिर्जनाको आकर्षक नृत्य तथा अभिनय रहेको गीतको भिडियो आकर्षक डेकोरेसनसहितको सेटमा छायांकन गरिएको छ। शान थापाको निर्देशन रहेको गीतको भिडियोमा अर्जुन तिवारीको छायाकंंन रहेको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *