सरकार छाडेको ४ महिनापछि जनमत पार्टी फेरि सरकारमा सामेल हुँदै

सरकार छाडेको ४ महिनापछि जनमत पार्टी फेरि सरकारमा सामेल हुँदै

काठमाडौं । सरकारबाट बाहिरिएको चार महिनापछि डा. सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ । कृषि मन्त्रालय र उद्योग मन्त्रालयमध्ये कुनै एक रोजेर गत पुषमा प्रचण्ड सरकारमा सहभागी भएर चैतमा सरकार छाडेको जनमत फेरि सरकारमा सामेल हुन लागेको हो ।

जनमत सरकारमा सामेल हुने भएसँगै पूर्ण रहेको प्रचण्ड सरकार फेरि पुनर्गठन हुने भएको छ । २५ सदस्यीय रहेको मन्त्रिपरिषद्मा कसैलाई हटाएर जनमतकी सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्न लागिएको छ ।

स्रोतका अनुसार साहलाई आइतबार मन्त्री बनाइँदैछ । उद्योग र कृषि नपाएपछि सरकार छाडेको जनमतलाई कुन मन्त्रालय दिइने अहिले नै तय भने भइनसकेको भए पनि जनमत पार्टी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा चित्त बुझाएको स्रोत बताउँछ । मन्त्रिपरिषद् पुनर्गठनका क्रममा उद्योग र कृषिमध्ये एक नदिइएपछि जनमतका तर्फबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले गत चैत १७ गते राजीनामा दिएका थिए।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *