सरकार छाड्ने झलनाथ खनालको चेतावनी

सरकार छाड्ने झलनाथ खनालको चेतावनी

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले पार्टी निकट नेपाल खेलकुद महासंघ समाजवादीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा समावेश नगरेका भन्दै सरकार नै छाड्ने चेतावनी दिएका छन् ।

उनले राष्ट्रिय खेलकुद परिषद्मा आफ्नो पार्टी निकट सो महासंघलाई किन समावेश नगरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रश्न समेत गरे । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महासंघलाई तत्काल राष्ट्रिय खेलकुद परिषद्मा समावेश नगरे आफ्नो पार्टीलाई सरकारमा बसिरहन जरुरी नभएको बताएका हुन् ।

‘हामी सरकारसँग पनि संघर्ष गर्छौं । अहिले खेलकुद परिषद्मा हाम्रो संगठनलाई समावेश गरिएको छैन । किन नगरिएको हो ? म सरकारसँग प्रश्न गर्न चाहन्छु,’ उनले भने, ‘यदि हाम्रो पार्टी पनि सत्तामा छ भने भोलि नै हाम्रो संगठनलाई पनि त्यहाँ संगठित गर्नुपर्यो । होइन भने यो सत्तामा बसिरहनु के जरुरी छ हाम्रो पार्टीका लागि ? म यो प्रश्न यो देशका प्रधानमन्त्रीलाई र यो देशका खेलकुद मन्त्रीलाई सोध्न चाहन्छु । सबै खेलाडीहरु उत्साह र उमंगका साथ यो क्षेत्रमा लाग्नुस् । र, आफ्नो संगठनलाई बिस्तार गर्नुस् । जनतालाई व्यापक रुपले गोलबन्द गर्नुस् । खेल क्षेत्रका सबै विधालाई समेटेर हामी लाग्नुपर्छ ।’

त्यस अवसरमा सम्मानित नेता खनालले सबै खेलाडीहरुलाई उत्साहतका साथ खेल क्षेत्रको विकासमा लाग्न पनि आग्रह गरे ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *