
काठमाडौं । नेकपा एमालेले सुन प्रकरण र संसद् अधिवेशनबारे आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।
एमालेले केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो १२ः४५ बजे उक्त विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।
वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।
यही साउन दुई गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गरेर बाहिरिएको करिब एक सय केजी सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
उक्त सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले गत १० गतेदेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।
एमालेको निरन्तर अवरोधको कारण सदन चल्न नसकेपछि एमालेको आलोचना समेत हुँदै आएको छ ।