कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक

पोखरा। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१‍.९१ प्रतिशत मात्र ग्रेडेड भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड छन् ।

यो नतिजा गत वर्षमा भन्दा ३ प्रतिशतले सुधार भएको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुनस् ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *