
मोरङ । कोशी प्रदेश सरकारमा थप एक राज्यमन्त्रीले बुधबार शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री उद्धव थापाले नेपाली कांग्रेसबाट गयानन्द मण्डललाई उद्योग कृषि तथा सहकारी राज्यमन्त्रीमा थपेका हुन् ।
यसअघि मुख्यमन्त्री थापाले काँग्रेसका प्रदीपकुमार सुनुवार खानेपानी, सिञ्चाई तथा ऊर्जा मन्त्रालय, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
नवनियुक्त राज्यमन्त्री मण्डल प्रदेशसभाकै सबैभन्दा जेष्ट सदस्य हुन् । ८० वर्षीया मण्डल मोरङ – ५ को प्रदेशसभा १ बाट निर्वाचित सांसद हुन् ।
यो सँगै कोशी प्रदेशमा मन्त्रिमण्डलको संख्या ६ पुगेको छ ।