अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री

अर्थतन्त्र लयमा फर्किएको छ : अर्थमन्त्री

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेको दाबी गरेका छन् ।

बुधवार काठमाडौंमा आयोजित उद्यमशील युवा, श्रृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कोरोना भाइरस र अन्य वाह्य कारणले नेपालको अर्थतन्त्र धराशायी बनेपनि अहिले बिस्तारै लयमा फर्किएको दाबी गरे । उनले अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेको बताए ।

अहिले देशभर नकारात्मक विचारहरु बढी प्रचार हुँदा परिणाम सकारात्मक नदेखिएको उनले बताए । उनले नेपालको अर्थतन्त्र संकटमा रहेको भन्दै विदेश जानुको विकल्प छैन भन्नेजस्ता प्रचारबाजी भएकाले अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताए ।

उनले नेपालमा केही छैन र अर्थतन्त्र संकटमा छ भन्ने जस्ता नकारात्मक विचार त्यागेर सकारात्मक उर्जा प्रदान गर्नुपर्ने बताए । मन्त्री महतले नेपालको पर्यटन, जलविद्युत र कृषिमा लगानी गर्न बिस्तारै विदेशी लगानीकर्ताहरु बढ्न थालेको बताए ।

अर्थमन्त्री महतले नेपालमा भएका अवसरलाई युवा पुस्ताले खोज्नुपर्ने बताउनु भयो । नेपालमै अवसर खोज्ने हो विदेशको भन्दा राम्रो वातावरण भएको दाबी गरे ।

उनले भने, ‘अब बिस्तारै हाम्रो इकोनोमीले लय पक्रँदै छ । हिजो कोभिड थियो, वाह्य अरु पनि समस्याहरु थिए । बिस्तारै त्यो हट्यो । लय पक्रिँदै छ । अब एउटा पोजेटिभ डिस्कोर्स शुरु गर्दैछौँ । हामीले नेगेटिभ मात्रै कुरा ग¥यौँ भने नेगेटिभ नै परिणाम आउँछ । हामीले अहिलेसम्म नेगेटिभ डिस्कोर्स शुरु गरेका छौँ । नेपालमा केही छैन, सबै बिग्रिएको छ, इकोनोमी पनि ठिक छैन, रोजगारी पनि पाइँदैन, अब विदेश जानुको विकल्प छैन भनेर सबैले नेगेटिभ कुरा गरे । अहिले सामाजिक सञ्जालमा थाहा छँदैछ नेगेटिभ कुरा चाँडो बिक्छ । नेगेटिभ कुराहरु धेरै सर्कुलेट हुने र पोजेटिभ कुराहरु हुँदैनन् । त्यसैले नयाँ डिस्कोर्स शुरु गरौँ । हाम्रो टुरिजम ठप्प थियो, ब्याक भइरहेको छ । मान्छेहरु आउन थालिरहेका छन् । त्यसले अवसर सिर्जन गर्नेछन् । त्यसकोक फाइदा धेरै पपुलेशनमा आधारित हुन्छ, धेरै रोजगारी दिन्छ । कोही पनि मानिसहरु नलेज छ, आइडिया छ, यहाँ आएर बिजनेस स्टार्ट गर्न चाहन्छ भने सक्नुहुनेछ ।’

अर्थमन्त्री महतले विदेश जानेबित्तिकै सबै चिज प्राप्त हुन्छ भन्ने मानसिकताबाट युवाहरु मुक्त हुनुपर्ने बताए । उनले विकसित मुलुकमा भन्दा नेपालमा धेरै अवसरहरु भएकाले उद्यमशीलताको नेतृत्व युवाले गर्नुपर्ने बताए ।

उनले उद्यमशीलताप्रति मोटिभेसन गर्ने कुरा एकदमै जटिल बन्दै गएको भन्दै अहिले आफन्त सबै बाहिर जाने क्रम चलेकोले आफू नगए पछि पर्छु भन्ने मानसिकता युवाहरुमा बढेको अर्थमन्त्री महतले बताए । उनले युवा गएको र जान चाहेको देशमा भन्दा यहीँ ठूलो अवसर रहेको महतले बताए ।

उनले विकसित भएको देशमा अवसरहरु कम रहेको भन्दै नेपालमा नै केही गर्छु भन्ने युवालाई अवसर रहेको बताए । उने केही नयाँ काम गर्छु भनेर आउने युवाहरुलाई सरकारले सहुलियत दिएको पनि बताए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *