
- सुश्मिता वानिया
काठमाडौँ । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले बिहिबार सार्वजनिक गरेको ब्याजदर अनुसार साउनको तुलनामा करिब १२ वटा बैंकहरुको ब्याजदर सामान्य बढेको छ । ४ वटा बैंकले भने ब्याजदर घटाएका छन् । ४ वटा बैंकको ब्याजदर स्थिर रहेको छ । कुन बैंकको ब्याजदरमा के कति परिवर्तन आयो अनि भदौ महिनामा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको अधिक्तम ब्याजदर र संस्थागत मुद्दती निक्षेपको अधिक्तम ब्याजदर कति पुर्याएका छन् त ?
भदौका लागि व्यक्तिगत मुद्दतीमा कुनै पनि बैंकको ब्याजदर १०.८९६ प्रतिशतभन्दा बढी छैन । व्यक्तिगत मुद्दतीमा भन्दा रेमिट्यान्स मुद्दती खातामा अधिकतम १ प्रतिशत बिन्दु बढी ब्याज दिन सक्ने प्रावधानअनुसार त्यस्तो खातामा अधिकतम ११.८९६ प्रतिशतसम्म ब्याजदर बैंकहरुले प्रदान गर्नेछन् । त्यस्तै संस्थागत मुद्दतीमा व्यक्तिगतभन्दा २ प्रतिशत बिन्दु कम दिनुपर्ने व्यवस्थाअनुसार संस्थागत मुद्दतीमा अधिकतम ८.८९६ प्रतिशतसम्म बैंकहरुले ब्याजदर प्रदान गर्नेछन् ।
ब्याजदर बढाएका १२ बैंक
ग्लोबल आइएमई बैंक, कुमारी बैंक, सिटिजन बैंक, कृषि विकास बैंक, सानिमा बैंक र नेपाल बैंकले ३ महिनाभन्दा बढी अवधिको लागि यी अधिकतम १०.८९६ प्रतिशतसम्म ब्याजदर दिनेछन् ।
ब्याजदर घटाएका ४ बैंक
एनएमबी बैंक, प्राइम बैंक, स्टाण्डर्ड चार्टड बैंक, एनआइसी एसीया बैंकले साउनको तुलनामा भदौमा ब्याजदर घटाएका हुन ।
ब्याजदर स्थिर राख्ने ४ बैंक
अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशत मात्रै ब्याजदर घटाउन वा बढाउन पाउने व्यवस्था छ ।