
कपिलवस्तु,
कृष्णनगर राष्ट्रीय प्रजातंत्र पार्टीबाट कृष्णनगर नगरपालिकाको मेयर पदको उम्मेदवार दिपक रजौरियाले विहीवारका दिन कृष्णनगर बजारमा बहुसंख्यक समर्थक तथा शुभचिन्तकहरुका साथ घर दैलो अभियान गरेका छन। बहुसंख्यक समर्थक तथा शुभचिंतकहरुका साथ घर दैलो गरे पछि कृष्णनगर बजारमा नया तरंग उत्पन्न भको छ।
कृष्णनगर क्षेत्रका शुभचिंतक संरक्षक रजौरिया परिवारका युवा नेता दिपक रजौरियालाई यस पालिको स्थानीय चुनावबाट कृष्णनगर नगरपालिकाको नेतृत्व दिने चर्चा परिचर्चा कृष्णनगर बजार तथा गाउं गाउमा चलिए रहेको कुरा कृष्णनगर बजारवासी तथा व्यापारी भोला जयसवालले बताए। साथ साथै कृष्णनगर बजारका अधिकांश जनता वहाको समर्थन दिइ रहेको कुरा पनि जिक्र गरे।
कृष्णनगर क्षेत्रको उत्थानको लागि कृष्णनगरका जनताले लामो समय देखि एउटै परिवारलई नेतृत्व दिए त पनि त्यों परिवारले कृष्णनगरको उत्थान गर्नामा असफल भए पछि जनताले योपालि कृष्णनगरको नेतृत्व प्रचण्ड बहुमतका साथ रजौरिया परिवारक युवा नेता दिपक रजौरिया लाई दिने समर्थकहरु बताउदै छन। नेता रजौरियाले कृष्णनगरको उत्थान गर्नाको लागि चुनावी घोषणा पत्र समेत जनताको बिचमा ल्याएका छन।
जसमा कृषि,शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार तथा युवा रोजगारलाई विशेष स्थान दिएका छन। युवा नेता रजौरिया कुनै पदमा नभए त पनि यो क्षेत्रका किसानहरुको लागि आफ्नो पहलमा केन्द्रबाट डिप बोरिंग जडान कार्य शुरु गरि रहेको अहिले सम्मा १६वटा डिप बोरिंगको जडान कार्य संचालनमा रहेको र प्रत्येक गाउमा एक डिप बोरिंगको उद्देश्यले सम्बन्धित निकायबाट मांग गरि गाउं गाउमा सर्वे कार्य पनि शुरु रहेको र २२ किलो मीटर सड़क कालों पात्र गर्ना सम्बंधित निकायसंग मांग गरे पछि मांग स्वीकृत भइ सकेको र छिटै टेंडर प्रक्रियामा गई निर्माण कार्य शुरु हुने स्थानिए नरसिंह चौधरीले बताए।
रजौरियाको पहल कृष्णनगरका जनता प्रति लगाव र कृष्णनगरको उत्थान गर्न सक्ने गुण रहेको नेता यसपाली कृष्णनगर मेयर पद उम्मेदवारको रुपमा देखें पछि कृष्णनगरका जनताहरुमा उत्साह उत्पन्न भएको छ। रजौरियाले कृष्णनगर बजारको घर दैलो अभियानबाट बजारका प्रत्येक घरमा पुगी आफ्नो घोषणा पत्र दिदै यसपालीको चुनावमा पुर्ण समझदारीका साथ चुनाव चिन्ह हलोमा आफ्नो बहुमुल्य मतदान गरि कृष्णनगरको नेतृत्व फेरी कृष्णनगरको उत्थान गर्नामा मदत गर्ना आग्रह गरेका थिए।