
काठमाडाैं । नेपाल सरकारले तिर्न बाँकी कुल ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म सरकारको आन्तरिक र वाहृय ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो ।
सरकारको वाहृय ऋण रकम १० खर्ब ९३ अर्ब ३५ करोड र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ बराबर छ । सरकारको कुल ऋण रकम एक वर्षको अवधिमा २ खर्ब ८ अर्ब बढेको हो ।
०७९ असार महिनासम्म सरकारको कुल ऋण रकम २० खर्ब १० अर्ब १३ करोड रुपैयाँ थियो । कुल गार्हस्थ्य उत्पादनमा सरकारको ऋण अनुपात ४१.२ प्रतिशत पुगेको छ ।
शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९\८० को असार मसान्तसम्ममा विदेशी मुद्राको सञ्चिति २६.६ प्रतिशतले बढेर १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
यो सञ्चितिले समीक्षा वर्षको औसत महिनामा आयात भएको परिमाणका आधारमा ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको केन्द्रीय बैंकले जनाएको छ ।
यो सञ्चिति ०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर मात्र रहेको थियो । ०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ ।
विदेशी मुद्राको सञ्चिति १५ खर्ब नाघ्यो
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९\८० मा मुलुकको शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको हो । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७९\८० मा चालु खाता ७२ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो चालु खाता ६ खर्ब २३ अर्ब ३८ करोड रुपैयाँ माथिले घाटामा रहेको थियो ।
कोका–कोला युथ डाइलग
लोकल प्रा. लि.ले कार्यान्वयन गरेको कोका–कोला युथ डाइलग इभेन्टमा ‘रोल अफयुथ टुवार्ड्स सस्टेनेबल वल्ड’ सम्बन्धी प्रेरणादायी छलफलहरू प्रस्तुत भएका थिए ।
पछिल्लो युथ डाइलग इभेन्ट अन्तर्राष्ट्रिय युवादिवसको अवसरमा काठमाडौं डन बस्को कलेजमा सम्पन्न भएको हो । कोका–कोला नेपालद्वारा सपोर्ट गरिएको उक्त कार्यक्रममा तीन प्यानेलिस्टहरू पूर्व मिस नेपाल २०१९ तथा मक्कुसेका सीईओ अनुष्का श्रेष्ठ, वैद्य ग्रुपका फाइनान्स एण्ड एचआर डाइरेक्टर सृष्टि वैद्य, र कम्युनिकेशन एण्ड सस्टेनेबिलिटी म्यानेजर स्नेहा श्रेष्ठ रहेका थिए ।
यस कार्यक्रमले दिगो पहलमा सक्रिय सहभागी बन्न युवालाई सशक्तिकरण र संलग्न गराउने महत्वलाई जोड दिएको थियो । उक्त कार्यक्रममा १०० भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए ।
डिशहोम फाईवरनेटका ३ लाख ग्राहक
सेवा सुरु गरेको छोटो समयमानै डिशहोम फाईवरनेटले ३ लाख ग्राहक वनाउन सफल भएको छ । देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका हुन् ।
डिशहोमका कार्यकारी निर्देशक सुदीप आचार्यले केक काटेर खुशीयाली मनाएका छन । डिशहोम फाइबर नेट इन्टरनेट सेवामा दोस्रो ठूलो सेवाप्रदायकको रुपमा आएको छ ।
कम्पनीले केहीबर्षमा पहिलो हुने लक्ष्य राखेको छ । आकर्षक छुट, निशुल्क डिशहोम गो एप तथा विभिन्न सजिलो, अन्य सेवा प्रदायकको भन्दा सस्तो तथा आकर्षक प्याकेज अहिले डिशहोम फाईवरनेटले प्रदान गरिरहेको छ ।