पोखरा । माउन्ट अन्नपूर्ण माविले शुक्रबारीय कार्यक्रमलाई सिपमूलक र व्यावहारिक बनाउने भएको छ । किताबी घोकन्ते शिक्षामा मात्र विद्यार्थीलाई केन्द्रित नबनाई व्यावसायिक तथा सामाजिक क्षेत्रमा पनि क्रियाशील बढाउने उद्देश्यले विद्यालय भदौ १ मा फन फेस्ट कार्यक्रम गर्यो ।
कार्यक्रममा कक्षा १० का विद्यार्थीको नेतृत्वमा खाजाका विभिन्न परिकार आफैँले तयार पारी स्टल राखिएको थियो । मेलालाई मनोरञ्जनात्मक खेल साथै सिनेमाले पनि रौनक थपेको थियो ।
अभिभावक, विद्यालय सञ्चालक, मन्टेश्वरीदेखि कक्षा १२ सम्मका विद्यार्थी, शिक्षक र कर्मचारीको सहभागितामा सम्पन्न उक्त कार्यक्रमलाई नाफा र घाटाको दृष्टिले नहेरी विद्यार्थीमा व्यावसायिक बन्ने र आफ्नै जिम्मेवारीपूर्वक काम गर्ने क्षमता वृद्धि उद्देश्य रहेको प्राचार्य सइन्द्र श्रेष्ठले बताए ।
आगामी दिनहरुमा पनि यस्ता व्यावहारिक ज्ञानमूलक शिक्षाका लागि विद्यालयले पहल गर्ने प्रशासक चित्रबहादुर गुरुङले दिए ।