
कमलेश चन्द्र गुप्ता
कृष्णनगरमा जसपाको जीत निश्चित रहेको मेयर उम्मेदवार अकरम पठानले दाबी गरेका छन। एस एम न्यूज़बाट कुराकानीमा नेता पठानले यस्तो दाबी गर्नुभएको हो।विगतका दिन देखि नै समाजिक कार्यमा अग्रसर रहेका पठान चुनावी दौडमा आगाडी देखिएका छन ।
जसपा नेपाल लुम्बिनी प्रदेश प्रवक्ता समेत रहेका पठानले आफू सहित उपमेयरमा आरती सिंह यादव पनि चुनाव जित्ने पक्का रहेको बिश्वास ब्यक्त गरेका छन। नेता पठान जसपा नेपाललाई बिजयी बनाउन दिनरात खटिई जसपा नेपाललाई बिजयी बनाउन प्रतिबद्ध रहेको बताउनु भयो ।
कृष्णनगर नगर जनताको समस्यामा कुनै परिवर्तन नभएको विकास भेदभावपूर्ण ढंगले भएको छ। नागरिकले दुख पिडा सहदै आएकोले अब यो अवस्था आउन नदिन योजना अनुसार लाग्नु हामी सबै कृष्णनगरबासीको साथ सहयोग रहनेछ स्थानीय नागरिकहरुले पठानलाई बिश्वत गराएका दाबी गरेका छन् ।