पर्यटन ऐनलाई संशोधन गरेर अगाडि बढ्छौँ : पर्यटनमन्त्री किराती

पर्यटन ऐनलाई संशोधन गरेर अगाडि बढ्छौँ : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताएका छन्। पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उहाँले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको बताएका हुन् ।

“लामो समय अगाडि बनेको पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको समस्या समाधान गर्न सक्दैन, पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको छ”, उनले भने। पर्यटनमन्त्री किरातीले स्रोतसाधनको अभावकाबीच पनि पर्यटक प्रहरीले उत्कृष्ट रुपमा कार्यसम्पादन गरेको बताए। पर्यटन क्षेत्रले मात्र देशको विकास र आर्थिक उन्नती हुने उनको भनाइ थियो ।

उहाँले अथाह पर्यटकीय सम्भावना भएको मुलुक नेपालको पर्यटनलाई विश्व बजारमा लैजानका लागि पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताए। उच्च निष्ठावान भएर मन, बचन र कर्मले काम गर्न उनले पर्यटक प्रहरीलाई निर्देशनसमेत दिए। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले तालिममा प्राप्त गरेका अनुभवलाई कार्यक्षेत्रमा उच्चतम प्रयोग गर्न आग्रह गरे।

नेपाल प्रहरीले युनाईटेड नेशन (युएन)मार्फत नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गरिरहेको उन्को भनाइ थियो । तालिम संयोजक, प्रहरी उपरीक्षक चित्रबहादुर गुरुङले नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकलाई सेवा र सुरक्षा प्रदान गर्न पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताए। अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उजागर गर्न पर्यटक प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने उनको भनाइ थियो ।

विस २०३५ मा स्थापना भएको पर्यटक प्रहरीले हाल देशभरका १० स्थानबाट पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको पर्यटक प्रहरी इकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी र्दिए।

हाल देशभर दुई सय ३९ पर्यटक प्रहरीको जनशक्ति छ । विस २०७१ को प्रहरी नियमावलीमा व्यवस्था गरेअनुसार पर्यटक प्रहरीलाई तालिम प्रदान गरिँदै आएको छ । पहिलो चरणको तालिममा देशभरका ३० पर्यटक प्रहरीले सहभागी थिए ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *