मञ्जुको माइती हरायो

मञ्जुको माइती हरायो

गुल्मी । गायिका मञ्जु पौडेलको तिज गीत माइती हरायो सार्वजनिक भएको छ।

गायिका पौडेलले नारि बेदनालाई समेटेर तयार पारेर माइती हरायो बोलको तिज गीत सार्वजनिक गरेकी हुन्। गीतमा माइतीमा बाबा आमा नभइसकेपछि माइती हराएको बेदना गीतका माध्यमबाट प्रस्तुत गरेकी छन्। गत वर्ष आमा गुमाएकी पौडेलले माइतीमा आमा नहुँदाको पीडा गीतबाट प्रस्तुत गरेकी हुन्।

गत वर्ष पनि उनले आफ्नै आमाको सम्झनामा बाबाको आँगनी बोलको तीज गीत सार्वजनिक गरेको थिइन्।

यस वर्ष सार्वजनिक माइती हरायो निकै मर्म स्पर्शी शब्द भावले तयार पारिएको छ। माइती हराएको र दाजुभाइ हुँदा पिर नमान्न भनेको भाव गीतमा छ। गायिका पौडेलका साथ गायक पशुपति शर्माको स्वर रहेको गीतमा लय र शब्द पशुपतिकै छ। गीत गायिक पौडेलकै रहेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *