गोपालराज पन्त स्मृति सम्मान पुरस्कार सिम्खडालाई

गोपालराज पन्त स्मृति सम्मान पुरस्कार सिम्खडालाई

हास्यव्यंग्य कवि तथा कलाकार शैलेन्द्र सिम्खडा गोपालराज पन्त स्मृति सम्मान पुरस्कारबाट सम्मानित भएका छन्।

पन्त स्मृति प्रतिष्ठानद्वारा हालै राजधानीमा आयोजित २१औं वार्षिकोत्सव तथा १८औं पुरस्कार समारोहमा सिम्खडालाई सो सम्मान तथा पुरस्कारबाट पुरस्कृत गरिएको हो। सिम्खडाले हास्यव्यंग्यमार्फत समाजमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएका छन्। पुरस्कृत भएपछि सिंखडाले पुरस्कारले आफ्नो कर्मक्षेत्रमा उर्जा थपिएको बताए। पछिल्लो समय उनी रियालिटी शो महागफाडीको निर्णायकको रूपमा देखिँदैछन्।

कार्यक्रममा उपन्यासतर्पm जानुका खतिवडा, बाल नृत्यतर्पm सीता रावल, चित्रकलातर्पm रुपक राई, साहित्यिक पत्रिकातर्पm वियोगी बुढाथोकी, संस्कृतितर्पm डा. शशि थापा पण्डित, समालोचनातर्पm प्राडा भागवत ढकाल, अपांगता तथा समाजसेवातर्पm कोपिला हुमागाईं र बाल साहित्यतर्पm गोपाल पराजुलीलाई विभिन्न सम्मान पुरस्कार प्रदान गरिएको छ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *