परिणिती बिहे गर्दै

परिणिती बिहे गर्दै

बलिउड अभिनेत्री परिणिती चोपडा आगामी सेप्टेबरमा विवाह बन्धनमा बाँधिने भएकी छन्।

नव भारत टाइम्सको अनलाइन संस्करणले स्रोतलाई उधृत गर्दै प्रकाशन गरेको समाचारअनुसार परिणितीले प्रेमी राघव चढ्ढाका साथ सेप्टेम्बर २५ मा राजस्थानमा विवाह गर्न लागेका हुन्। परिणितीले आफ््नो विवाहको खबर गोप्य राख्न चाहेकोले गोप्य रूपमा विवाहको तयारी गरिरहेको र उनीहरूको विवाहमा दुवै पक्षका नजिकका आफन्तको मात्र सहभागिता रहने समाचारमा जनाइएको छ।

परिणितीको पुरानो साथी राघव आम अमदमी पार्टीका नेता हुन्। लण्डनमा अध्ययन गर्ने क्रममा मिल्ने साथी बनेका उनीहरूको प्रेम सम्बन्धको खबर केही महिनाअघि मात्र सार्वजनिक भएको थियो।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *