कमलेश चन्द्र गुप्ता / कपिलबस्तु
कृष्णनगरको चर्चित नेता शिवप्रसाद जयसवाललाई मतदाताले रोचाई रहेका छन। जयसवाल एमलेबाट टिकट नपाएपछि छोरा महेश जयसवालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए र सोही उम्मेदवारीले लालटीन चुनाव चिन्ह पाएका थिए। सोही चुनाव चिन्हबाट जयसवाल घरदैलोको क्रममा तोलटोलबाट जनसमर्थन र साथ सहयोग पाईरहेको छन। गत निर्बाचनमा दुस्रो स्थानमा रहेका जयसवाल यो निर्बाचन जनताको दिल जीतन सफल हुने उनको निकट नेताहरु बताऊछन।
नगरपालिकाको मेयर पदका प्रत्यस महेश जयसवालले पालिकावासी नागरिकको विश्वासलाई आत्मसात गरि उच्च सम्मानको साथ हरेक क्षेत्रमा विकासको मुहार फेर्ने संकल्प लिएको बताउनु भयो । कृष्णनगर जनताले मौका दिए भने जनताको सेवक बनेर काम गर्ने बताए। शिक्षा, स्वास्थय, कृषि र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्ने साथै सिचाईलाई ब्यवस्थित गरी पानीका मुहनहरुको पत्ता लगाई तिनको संरक्षण गर्दै दिर्घकालिन रुपमा सिचाइको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कृष्णनगर क्षेत्रको उत्थानको लागि कृष्णनगरका जनताले लामो समय देखि एउटै परिवारलई नेतृत्व दिए त पनि सो परिवारले कृष्णनगरको उत्थान गर्नामा असफल रहेको स्थानीय बताऊछन । सोही भएर जनताले योपालि कृष्णनगरको नया नेतृत्वमा जयसवाललाई लाउन सोचमा छ।